कला
ऋजन मायालुको ‘घुम्ती बिक्रीमा छ’ लोकार्पण
आइतबार, १४ मंसिर २०८२
काठमाडौं ।
युवा कवि ऋजन मायालुको ‘घुम्ती बिक्रीमा छ’ शनिबार लोकार्पण गरिएको छ । बैकर्स समेत रहेको मायालुको उक्त कविता संग्रह बरिष्ठ साहित्यकार भुवनहरि सिक्देल, साहित्यकार प्रेमिला राई र कवि स्वयमले संयुक्त रुपमा लोकार्पण गरेका हुन् ।
समारोहमा साहित्यकार प्रेमिला राईले विज्ञान र प्रविधिको युगमा जीवन सहज बनाए पनि मानवीयता र समाजप्रतिको चिन्तन कृतिले समेटेकोमा कविलाई धन्यवाद दिइन् । बरिष्ठ साहित्यकार भुवनहरि सिक्देलले जेनजी कवि मायालुको सृजनामा कविताको गहिरो भाव र विम्ब रहेको बताए ।
प्रतिक्रिया