राजनीति
राजिव खत्रीको शानदार जीतसँगै महेश बस्नेतको गढ भत्कियो
भक्तपुर । भक्तपुर २ मा रास्वपाका उम्मेदवार राजिव खत्रीसँग एमालेका नेता महेश बस्नेत पराजित भएका छन् । राजिव खत्री अत्याधिक मतसहित निर्वाचित भएका छन्। खत्री ४२ हजार ३३३ मतसहित निर्वाचित भएका हुन्। खत्रीले बस्नेतलाई ३१ हजार ६१६ मतले पराजित गरे। खत्रीको शानदार जीतसँगै बस्नेतको गढ भत्किएको छ ।