प्रभु प्रकरणको लहरो, गुण समूहका अध्यक्ष राजेन्द्र शाक्य पक्राउ
बुधबार, १७ मंसिर २०८२
काठमाडौं।
प्रभु समूहमा भएको घोटालाको लहरो गुण समूहसम्म पुगेको छ । गुण समूहका अध्यक्ष राजेन्द्र शाक्यलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०को टोलीले उनलाई काठमाडौँबाट पक्राउ गरेको हो ।
अनुसन्धानको लागि शाक्यलाई नियन्त्रणमा लिइएको सीआईबीका एआईजी मनोज केसीले जानकारी दिए । प्रभु बैंकका सीईओ अशोक शेरचनसँग जोडिएको मुद्दामा अनुसन्धानका लागि उनी पक्राउ परेका हुन् । गुण समूहमा प्रभु म्यानेजमेन्टको पैसो पुगेको कनेक्सन सीआईबीले भेट्टाएको छ । जुन रकम देवी भट्टचन र अशोक शेरचन दुबैले गुण लगेका बुझिएको छ ।
असोज १४ मा शेरचन प्रभु बैंकको नायब कार्यकारी अधिकृत मणिराम पोखरेल र प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठ पक्राउ परेका थिए । गुण समूहका अध्यक्ष राजेन्द्र शाक्यले सञ्चालन गरेको गुण एयरलाइन्स अहिले सञ्चालनमा छैन । अहिले उनले गुण न्यूज नेटवर्क अर्थात् जीएनएन टेलिभिजन चलाइरहेका छन् भने ललितपुरको बालकुमारीमा कर्मनासा खोलाको जग्गा मिचेर अपार्टमेन्ट बनाएका छन् ।