Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
सोमबार, २१ वैशाख २०८३
अर्थ

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ


logo

बुधबार, १७ मंसिर २०८२

32 Shares

काठमाडौं ।

नागरिक उड्डयन प्राधकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले महानिर्देशक अधिकरीलाई बुधबार पक्राउ गरेको हो ।

भक्तपुरको नलिन्चोकमा हेलिप्याड निर्माणमा अनियमितता गरेको आरोपमा उनलाई पक्राउ गरेको अख्तियारले जनाएको छ। अख्तियारले नलिन्चोक हेलिप्याड निर्माणसम्बन्धी प्रकरणमा अधिकारीसहितलाई पक्राउ गरेर विशेष अदालतमा बुधबार भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

प्राधिकरणले भक्तपुरको नलिन्चोकमा आफ्नो स्वामित्वमा रहेको ३२ रोपनी जग्गामा हेलिप्याड बनाउँदा अनियमितता भएको विषयमा पनि उजुरी परेपछि अख्तियारले अनुसन्धान गरिरहेको थियो । नलिनचोकमा हेलिप्याड निर्माणको औचित्यमाथि पहिल्यैदेखि प्रश्न उठ्दै आएको छ ।

प्राधिकरणले वातावरणीय प्रभाव मूल्यांकन नगरी हेलिप्याड निर्माण गरेको समेत उजुरीमा उल्लेख थियो । २०८१ असार ७ गते तत्कालीन पर्यटनमन्त्री हितबहादुर तामाङ र प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले हेलिप्याडको उद्घाटन गरेका थिए ।

प्रतिक्रिया