Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
शनिबार, २३ फागुन २०८२
समाचार

दिल्लीको एक मस्जिद ढुङ्गा प्रहार गर्ने ६ जना पक्राउ


logo

बुधबार, २३ पुस २०८२


काठमाडौं । 

दिल्लीको टुर्कमान गेटस्थित फैज़-ए-इलाही मस्जिद नजिक अवैध निर्माण हटाउने क्रममा दिल्ली नगर निगम (MCD) को कारबाहीका बेला ढुङ्गा प्रहार भएको छ। घटनामा केही प्रहरी सामान्य घाइते भएका छन्।

दिल्ली प्रहरीले बडी क्याम तथा वरपर जडान गरिएका CCTV फुटेजको आधारमा आरोपितहरूको पहिचान गरी मुद्दा दर्ता (FIR) गरेको जनाएको छ। प्रहरीले अहिलेसम्म ढुङ्गा प्रहारमा संलग्न ६ जनालाई नियन्त्रणमा लिइसकेको छ भने अन्यको खोजी भइरहेको छ।

प्रहरीका अनुसार कारबाही पूर्ण रूपमा अवैध संरचना हटाउने उद्देश्यले गरिएको हो। मस्जिदमा कुनै किसिमको क्षति नपुगेको स्पष्ट पार्दै प्रहरीले धार्मिक स्थललाई नछोइ, आसपासका अवैध निर्माण मात्र हटाइएको जनाएको छ।

घटनापछि क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ र स्थिति नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया