Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
मङ्गलबार, ०१ वैशाख २०८३
समाचार

मेयर बालेनका बुबाको यसरी गरियो अन्त्येटि


नागरिक हब नागरिक हब

मङ्गलबार, १६ मंसिर २०८२

21 Shares

काठमाडौंं ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)का बुबा रामनारायण शाहको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।लामो समयदेखि  मधुमेह साथै पछिल्लो समय पिसाब संक्रमण सम्बन्धी समस्याले पीडित शाहको ७७ वर्षको उमेरमा निधन भएको थियो ।

अस्वस्थ भएपछि उपचारका लागि नयाँ बानेश्वस्थित निजामती अस्पतालमा भर्ना भएका उनको आइतबार मध्यान्हमा मृत्यु भएको अस्पतालले पुष्टि गरेको थियो । आयुर्वेदिक डाक्टर समेत रहेका रामनारायणलाई श्रद्धाञ्जली दिन उच्च पदाधिकारीहरु आर्यघाट पुगेका थिए ।

उर्जामन्त्री कुलमान घिसिङ, सञ्चारमन्त्री जगदीश खरेल, खेलकुदमन्त्री बब्लु गुप्ता, प्रहरी प्रमुख दानबहादुर कार्की पशुपति पुगेका थिए । त्यस्तै, ललितपुरका मेयर चिरिबाबु महर्जन, नेता राजेन्द्र महतोलगायत आर्यघाट पुगेका थिए । साथै, कलाकार र सामाजिक अभियान्ताहरु पनि रामनारायणलाई श्रद्धाञ्जली दिन आर्यघाट पुगेका थिए । 

रामनारायणका श्रीमती, दुई छोरा र एक छोरी छन्। उनी अचानक अस्वस्थ भएपछि उपचारका लागि नयाँ बानेश्वस्थित निजामती अस्पतालमा लगिएको थियो । 

अन्त्येटिका तस्बिरहरु 

balen (9)

balen (5)

balen (7)

balen (8)

balen (6)

balen (4)

balen (3)

 

प्रतिक्रिया