Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
शनिबार, २३ फागुन २०८२
समाचार

महर्षी दिपक प्रतिष्ठानद्वारा समाजसेवी पुस्कल गजुरेल सम्मानित


logo

सोमबार, १४ पुस २०८२


काठमाडौं । 
समाजसेवामा समर्पित महर्षी दिपक प्रतिष्ठानले समाजसेवी पुस्कल गजुरेललाई सम्मान गरेको छ । प्रतिष्ठानको केन्द्रीय कार्यालय पशुपतिनाथमा आयोजित एक कार्यक्रमबीच समाजसेवी गजुरेललाई सम्मान गरिएको हो ।

समाजेवा, धर्म, संस्कार र वैदिक जीवनदर्शनको संरक्षण, सम्वद्र्धन र प्रसारमा समर्पित प्रतिष्ठानले रक्तदान कार्यक्रम सञ्चालनको एक महिना पुगेको अवसरमा सम्मान कार्यक्रम गरेको प्रतिष्ठानका अध्यक्ष दिपक बानियाँले बताए । 

सम्मानित गजुरेलले ४० वर्षदेखि नेपाल रेडक्रस सोसाइटी, रेयुकाई जस्ता संस्थाहरुमा बसेर समाजसेवा तथा जनस्वास्थ्यका क्षेत्रमा महत्वपूर्ण योगदान गरेका छन् । सम्मान कार्यक्रममा महर्षि दिपक प्रतिष्ठानका अध्यक्ष दिपक बानियाँ, पशुपति सेवा संस्थाका अध्यक्ष राम थापा, राष्ट्रवादी युवा नेता ईन्जिनियर सुवास पौडेल, समाजसेवी दिपक कार्कीलगायत अन्य सहभागीहरुको उल्लेख्य उपस्थिति थियो ।

प्रतिक्रिया