Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
शनिबार, २३ फागुन २०८२
समाचार

जेबी अधिकारी (दीपक)ले आज काठमाडौं-४ बाट उम्मेदवारी मनोनयन दर्ता गर्ने


नागरिक हब नागरिक हब

मङ्गलबार, ०६ माघ २०८२


काठमाडौं । 

लामो समयदेखि शैक्षिक र सामाजिक सेवामा सक्रिय रहेका जेबी अधिकारी (दीपक) उज्यालो नेपाल पार्टीको तर्फबाट आज (मंगलबार) काठमाडौं-४ मा उम्मेदवारी मनोनयन दर्ता गर्ने भएका छन् ।

आगमी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कुलमान घिसिङ नेतृत्वको पार्टी उज्यालो नेपालले उनलाई काठमाडौं-४ बाट उम्मेदवार उठाएको हो।

लामो समयदेखि  शैक्षिक र सामाजिक सेवामा सक्रिय समाजसेवीका रूपमा परिचित दीपकले शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाका क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएका छन्।

‘सुशासन, समृद्धि र सामाजिक न्याय’ पार्टीको नारालाई आत्मसाथ गर्दै दीपकले सुशासन र सन्तुलित विकासलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्। उनी चुनाव चिन्ह ‘बुजुलीको चिम’ लिएर चुनावी मैदानमा काठमाडौं-४ मा उत्रिने भएका हुन्।

 

 

 

प्रतिक्रिया