Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
शनिबार, २३ फागुन २०८२
समाचार

कपन जेसीज वर्ष २०२५ का अध्यक्ष छितेनद्वारा दिपकलाई पदभार हस्तान्तरण


logo

शुक्रबार, ०९ माघ २०८२


काठमाडौं ।

कपन जेसीज वर्ष २०२५ का अध्यक्ष छितेन भोटेले आफ्नो कार्यकाल औपचारिक रूपमा सम्पन्न गर्दै अध्यक्ष पदको जिम्मेवारी दिपक थापालाई हस्तान्तरण गरेका छन्। 

कपनमा आयोजित पदस्थापना कार्यक्रममा छितेनले थापालाई पदभार सुम्पिँदै कपन जेसीजलाई अझ सशक्त र प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।

पदभार हस्तान्तरण समारोहमा बोल्दै छितेनले आफ्नो कार्यकालमा सदस्यहरूको क्षमता अभिवृद्धि, युवा नेतृत्व विकास र सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताए। 

कपन जेसीज सदस्यले सर्वोच्च शिखर सगरमाथमा कपन जेसीजको झण्डा फहराएर अन्तराष्ट्रियमा चिनाउन मुख्य आफ्नो कार्यकालको सफता रहेको र उनले आगामी नेतृत्वले यस्ता अभियानलाई निरन्तरता दिने विश्वाससमेत व्यक्त गरे।

नव–निर्वाचित अध्यक्ष थापाले आफूलाई दिइएको जिम्मेवारीलाई चुनौती र अवसरका रूपमा लिएको बताउँदै कपन जेसीजलाई अनुशासित, सक्रिय र समाजमुखी संस्थाका रूपमा अगाडि बढाउने प्रतिबद्धता जनाए। उनले युवाको नेतृत्व विकास, उद्यमशीलता प्रवर्द्धन र सामाजिक सेवाका कार्यक्रमलाई प्राथमिकतामा राख्ने बताए।

प्रतिक्रिया