Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
शनिबार, १० असोज २०८३
समाचार

जबरजस्ती करणीको आरोपमा इन्स्पेक्टरलाई धरौटीमा छाड्न अदालतको आदेश


logo

बुधबार, २७ फागुन २०८२

12 Shares

चितवन । 
बलात्कारको आरोप लागेर हिरासतमा रहेका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । इलाका प्रहरी कार्यलय खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो ।

एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । 

मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको क्रममा न्यायाधीश केदारनाथ पौडेलको इजलासले महतलाई २ लाख रूपैयाँ धरौटीमा रिहा गरी बाहिर बसेर मुद्दा लड्न आदेश दिएको हो ।

इन्स्पेक्टर महतमाथि ३७ वर्षकी महिलाले पदको दबाब र प्रभावमा पारेर पटक(पटक यौन शोषण गरेको आरोपसहित जिल्ला प्रहरी कार्यालय चितवनले जाहेरी दर्ता गरेकी थिइन् । गत असोज १ गते कार्यालयमा समस्या लिएर जाँदा छलफलपछि कफी खान बोलाएर सोही क्षेत्रको एक क्याफेमा लगि न्याय दिलाइदिन्छु भन्दै प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख गरेकी छन् ।

प्रतिक्रिया