Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
मङ्गलबार, ०१ वैशाख २०८३
समाचार

इनिशा मृत्यु प्रकरण: छानबिनको माग गर्दै परिवारको प्रदर्शन


logo

बुधबार, २७ फागुन २०८२

39 Shares

सुर्खेत । 

इनिशा बिकको मृत्यु प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पीडित परिवार र स्थानीयले सुर्खेतमा प्रदर्शन गरेका छन्। परिवारका सदस्य, आफन्त तथा स्थानीय बासिन्दाले घटनाको सत्यतथ्य सार्वजनिक गर्न र दोषीमाथि कडा कारबाही गर्न माग गर्दै सडकमा उत्रिएका हुन्।

प्रदर्शनकारीहरूले हातमा प्लेकार्ड बोकेर न्यायको माग गर्दै जिल्ला प्रशासन कार्यालय र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए। उनीहरूले घटनालाई सामान्य रूपमा नलिन र स्वतन्त्र तथा निष्पक्ष छानबिन समिति गठन गर्न सरकारसँग माग गरेका छन्।

पीडित परिवारका अनुसार इनिशाको मृत्यु शंकास्पद रहेको भन्दै घटनाको वास्तविक कारण सार्वजनिक हुनुपर्ने माग रहेको छ । प्रदर्शनका क्रममा सहभागीहरूले बालिकामाथि हुने बलात्कार हत्या हिंसा बन्द गर, इनिशा बिकलाई न्याय दे, हत्यारालाई कार्वाही गर लगायतका जस्ता नारा लगाएका थिए।

प्रतिक्रिया