समाचार
पूर्वप्रधानमन्त्री ओलीलाई पितृ शोक
शुक्रबार, २९ फागुन २०८२
13
Shares
काठमाडौं ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ।
ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित अस्पतालमा निधन भएको हो। स्वर्गीय ओलीका दुई छोरा र तीन छोरी छन्।
उनको पार्थिव शरीरलाई ओली निवास गुण्डुमा लैजाने तयारी गरिएको छ। साथै आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ।
प्रतिक्रिया