कपन जेसीज आइपीपी छितेन लिङ्बो भोटेलाई पितृ शोक
आइतबार, १५ चैत २०८२
काठमाडौं ।
कपन जेसीज २०२६ का आइपीपी छितेन लिङ्बो भोटेलाई पितृ शोक परेको छ । उनको बुबा मियाङ भोटेको ७८ वर्षको उमेरमा निधन भएको कपन जेसीजका सचिव गेचाव खुम्बुवा भोटेले जानकारी दिए ।
उनका अनुसार ३ दिन अगाडी भोटखोला गाउँपालिका-४ सेक्सुम गाउँको आफ्नै निजी निवासमा निधन भएको हो ।
स्वर्गीय बुवाप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै लिङ्बो भोटेले सामाजिक सञ्जालमार्फत समवेदना व्यक्त गरेका छन्। बुवाको निधनले आफूलाई गहिरो पीडा पुगेको उल्लेख गरेका छन्।
छितेन लिङ्बो भोटे कपन जेसीज २०२५ का अध्यक्ष बनेका थिए र अहिले कपन जेसीज आइपीपीको जिम्मेवारीमा छन् । उनी सामाजिक कार्यमा सक्रिय छन् ।
नेपाल जेसीज वर्ष २०२६ लाई उत्कृष्ट, उपलब्धिमुलक र सफल वर्ष बनाउन साझा संकल्पमार्फत अगाडि बढाईएको एकताको संकल्प र रुपान्तरणको यात्रा अभियान अन्तरर्गत नेपाल जेसीज वर्ष २०२६ का लागि "National Tourism & Environment Committee, Chairperson" को जिम्मेवारीमा लिङ्बो भोटेलाई नेपाल जेसीजले मनोनयन समेत गरेको छ ।