समाचार
४० हजार घुससहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ
शुक्रबार, २० चैत २०८२
0
Shares
जनकपुरधाम ।
धनुषाको मिथिला नगरपालिका-लालगढबाट सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक ओकिल अधिकारी घुस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिबासबाट खटिएको टोलीले ४० हजार रुपैयाँ घुस रकमसहित उनलाई पक्राउ गरेको हो।
कमला–ढल्केवर–बाग्मती सडक निर्माण ठेकेदारसँग विभिन्न बहानामा रकम असुल्ने गरेको गुनासो आएपछि निगरानी बढाइएको थियो।
निर्माण भइरहेको सडक खण्डमा माटो तथा ग्राभेल फिलिङ कार्यमा संलग्न सवारी साधनहरूलाई यो मिलेन र त्यो मिलेन भन्दै उनले काममा अनावश्यक अवरोध सिर्जना गर्ने र रकम माग्दै आएका थिए।
आरोपितलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।
प्रतिक्रिया