समाचार
सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित
शुक्रबार, २० चैत २०८२
1
Shares
काठमाडौं ।
सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित भएका छन् ।
दिउँसो २ बजेसम्ममा अर्यालको मात्रै उम्मेदवारी परेपछि निर्विरोध सभामुखमा चयन भएका हुन् । संसद् सचिवालयले बिहान ११ देखि २ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय तोकेको थियो ।
निर्वाचित सभामुख अर्याल राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति थिए। अर्यालको प्रस्तावक रास्वपा सभापति रवि लामिछाने र समर्थकमा अर्थमन्त्री स्वर्णिम वाग्ले, कानूनमन्त्री सोविता गौतम र भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल रहेका छन् ।
प्रतिक्रिया