Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
शनिबार, १० असोज २०८३
समाचार

अमेरिकी शक्तिशाली एफ-३५ जेट खसालेको इरानको दाबी


logo

शुक्रबार, २० चैत २०८२

0 Shares

काठमाडौं । 

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले अमेरिकी एफ–३५ स्टेल्थ फाइटर जेट खसालेको दाबी गरेको छ । कर्प्सको खातम अल-अन्बिया मुख्यालयले जारी गरेको आधिकारिक विज्ञप्तिमा अमेरिकी एफ-३५ स्टेल्थ फाइटर जेट खसालेको दाबी गरिएको हो ।

नयाँ र उन्नत हवाई रक्षा प्रणालीमार्फत मध्य इरानमाथि उडिरहेको अमेरिकी एफ-३५ पूर्ण रूपमा ध्वस्त भएको र ठूलो विस्फोटका कारण पाइलटको बाँच्ने सम्भावना पनि अत्यन्त कम रहेको विज्ञप्तीमा भनिएको छ ।

कर्प्सले दाबी मात्र होइन, केही तस्बिरहरू पनि सार्वजनिक गरेको छ जसमा ध्वस्त विमानको अवशेष देखिएको छ । यसअघि मार्च १९ मा पनि कर्प्सले पहिलो पटक एफ–३५ खसालेको दाबी गरेको थियो । फेब्रुअरी २८ बाट सुरु भएको अमेरिका–इजरायल–इरान युद्ध आजसम्म ३५औं दिन पूरा गरिसकेको छ । 

अमेरिका र इजरायलले इरानका परमाणु स्थल, मिसाइल कारखाना र सैन्य आधारहरूलाई निरन्तर हवाई हमला गरिरहेका छन्, भने इरानले आफ्नो हवाई रक्षा प्रणालीलाई सुदृढ गर्दै ड्रोन र मिसाइल हमलाहरू फर्काइरहेको छ । यसबीच इरानले १२५ भन्दा बढी अमेरिकी–इजरायली ड्रोन खसालेको दाबी गरेको थियो ।

लकहीड मार्टिनको एफ–३५ लाइटनिङ विश्वको सबैभन्दा महँगो र उन्नत ५औं पुस्ताको स्टेल्थ फाइटर हो । यो स्टेल्थ फाइटरको मूल्य १० करोड डलरभन्दा बढी छ । राडारबाट ‘अदृश्य’ रहने यसको क्षमता, उन्नत सेंसर, सुपरसोनिक गति र बहुउद्देश्यीय क्षमताले यसलाई अमेरिकी वायुसेनाको ‘ब्याकबोन’ बनाएको छ । तर इरानको दाबी सही साबित भएमा अमेरिकाको सुरुषाको ब्याक बोनमा ठूलो धक्का लाग्नेछ । यस्तोमा इरानले प्रयोग गरेको ‘नयाँ हवाई रक्षा प्रणाली’ले स्टेल्थ टेक्नोलोजीलाई कसरी पत्ता लगायो भन्ने प्रश्न हाल विज्ञहरूबीच चर्चाको विषय बनेको छ । अमेरिकी सेन्ट्रल कमान्ड वा पेन्टागनले यो नयाँ दाबीको कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन । समाचार एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार