Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
शनिबार, १० असोज २०८३
समाचार

कानुन व्यवसायीलाई सिंहदरबार छिर्न पास चाहिने


logo

बुधबार, २५ चैत २०८२

1 Shares

काठमाडौं ।

सिंहदरबार प्रवेशमा कानुन व्यवसायीहरुलाई कडाइ गरिएको छ। अब कानुन व्यवसायी (वकिल) हरूले पनि सिंहदरबारभित्र छिर्नका लागि अनिवार्य रूपमा पास लिनुपर्ने व्यवस्था लागू गरिएको छ।

गृह प्रशासन तथा सुरक्षा निकायहरूको समन्वयमा लागू गरिएको नयाँ व्यवस्थाअनुसार, बिना पास कुनै पनि व्यक्तिलाई प्रवेश अनुमति भयको हो । 

यसअघि केही अवस्थामा परिचयपत्रका आधारमा प्रवेश पाइने व्यवस्था भए पनि पछिल्लो समय सुरक्षा संवेदनशीलता बढेसँगै यस्तो नियम कडाइका साथ लागू गरिएको जनाइएको छ।

अदालतका रजिस्ट्रार सरोजराज रेग्मीले सूचना जारी गर्दै कानुन व्यवसायीले नागरिक एपको सिंहदरबार गेट पास लिनुपर्ने व्यवस्था भएको जानकारी दिएका छन्। अन्य मन्त्रालयमा काम भए सम्बन्धित निकायमै समन्वय गर्न भनिएको छ।

जारी सुचनामा भनिएको छ,‘प्रशासकीय अदालत, सिंहदरबार, काठमाडौंसँग सम्बन्धित काम कारबाहीका लागि सिंहदरबार परिसर प्रवेश गर्नुहुने देहायबमोजिमका व्यक्तिलाई देहायबमोजिम प्रवेश सुविधाको व्यवस्था गरिएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

प्रतिक्रिया