Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
मङ्गलबार, ०१ वैशाख २०८३
समाचार

उपसभामुख चयन आज: रुवी ठाकुर र सरस्वती लामाबीच प्रतिस्पर्दा


logo

शुक्रबार, २७ चैत २०८२

3 Shares

काठमाडौं ।

आज दिउँसो ४ बजे बस्ने प्रतिनिधिसभा बैठकले उपसभामुख चयन गर्ने कार्यसूची रहेको छ। उपसभामुख पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०की सरस्वती लामा र श्रम संस्कृति पार्टीकी रुवीकुमारी ठाकुरबीच प्रतिस्पर्धा हुने भएको छ।

तोकिएको समयभित्र यी दुई जनाको मात्र उम्मेदवारी परेको हो। ठाकुरको प्रस्तावक आर्यन राई रहेका छन् भने समर्थकमा अशोककुमार चौधरी र अम्बिकादेवी निरौला छन्। त्यस्तै, लामाको प्रस्तावक ज्ञानबहादुर शाही रहेका छन् भने समर्थकमा खुश्बु ओली, ताहिर अलि र भरत गिरी छन्।

प्रतिनिधि सभामा सत्तारुढ दल रास्वपाको एकल बहुमत छ । २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाको एक्लै १८२ मत छ । त्यसैले ठाकुर रास्वपाले मतदान गर्‍यो भने उपसभामुखमा निर्वाचित हुने निश्चित छ । 

प्रतिक्रिया