Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
मङ्गलबार, ०१ वैशाख २०८३
समाचार

देशभरको विमानस्थलमा सेवाको गुणस्तर २४ घण्टाभित्र सुधार गर्न प्राधिकरणलाई मन्त्रालयको निर्देशन


logo

शुक्रबार, २७ चैत २०८२

1 Shares

काठमाडौं । 
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित देशभरका विमानस्थलमा यात्रु सेवा, सरसफाइ र मानवमैत्री पूर्वाधार २४ घण्टाभित्र सुधार गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण लाई निर्देशन दिएको छ।

निर्देशनअनुसार स्तनपान कक्ष सुधार, बिरामीरज्येष्ठरअशक्तका लागि प्राथमिक हेरचाह कक्ष, शौचालयमा निःशुल्क स्यानिटरी प्याड, र दैनिक सरसफाइ लगबुक अनिवार्य गरिनेछ। साथै विश्व स्वास्थ्य संगठन र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन का मापदण्ड पालना गर्नुपर्नेछ।

महिला यात्रुहरूको आपतकालीन आवश्यकतालाई ध्यानमा राख्दै प्रमुख शौचालयहरूमा निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउन भनिएको छ । सरसफाइ तथा स्वच्छताका सन्दर्भमा दैनिक सरसफाइ लगबुक प्रणाली लागू गर्न, विश्व स्वास्थ्य संगठन तथा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले तोकेका मापदण्ड पालना गर्न र नियमित निरीक्षण तथा अभिलेखीकरण सुनिश्चित गर्न मन्त्रालयले निर्देशन दिएको छ।

सबै विमानस्थलले २४ घण्टाभित्र प्रतिवेदन र फोटो प्रमाण पेश गर्नुपर्नेछ, नत्र कारबाही हुने चेतावनी दिइएको छ। यात्रुहरूलाई गुनासो वा तारिफ पठाउन पनि आग्रह गरिएको छ। मन्त्रालयको इमेल   admin@tourism.gov.np नयख।लउ मार्फत सबै विमानस्थलहरुले पेश गर्न समेत आग्रह गरेको छ। निर्देशन पालना नगरे कानुनअनुसार कारबाही हुने चेतावनीसमेत दिएको छ ।

प्रतिक्रिया