Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
मङ्गलबार, ०१ वैशाख २०८३
समाचार

प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्तिको स्रोत खुलाउन अखिल (क्रान्तिकारी)को माग


logo

सोमबार, ३० चैत २०८२

1 Shares

काठमाडौं । 

प्रधानमन्त्री तथा मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्तिको स्रोत खुलाउन माग गर्दै विद्यार्थीहरूले माइतीघरमा प्रदर्शन गरेका छन्।

अखिल (क्रान्तिकारी)ले सोमबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दै मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति छानबिन गर्न सरकारसँग माग गरेका हुन्। उनीहरूले सार्वजनिक पदमा रहेका व्यक्तिहरूको आयस्रोत पारदर्शी हुनुपर्ने भन्दै माग गरेका छन्।

प्रदर्शनका क्रममा सहभागीहरूले ‘आयस्रोत खुलाऊ’, ‘मन्त्रीहरूलाई सुनको बहार, जनतालाई महँगी उपहार’, ‘जनताको सरकार हो भने सत्य बताऊ’, ‘मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्तिको छानबिन गर’ र ‘गरिबको चमेली सुन दिने कोही छैन’लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

प्रदर्शनकारीहरूले पछिल्लो समय सार्वजनिक भएका सम्पत्ति विवरणप्रति शंका व्यक्त गर्दै त्यसको स्वतन्त्र र निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्। 

फोटो: नेपाल फोटो लाइबे्ररी 

akhil (1)

akhil (4)

akhil (2)

akhil (6)

akhil (5)

akhil (3)

प्रतिक्रिया