समाचार
अन्तर्राष्ट्रिय प्रभावले सुनको मूल्यमा गिरावट
शुक्रबार, ०४ वैशाख २०८३
0
Shares
काठमाडौं ।
आज सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार सुनको भाउ तोला ३ हजार रुपैयाँले घटेको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ८०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला ३ लाख २ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, १० ग्राम सुनको मूल्य आज २ लाख ५७ हजार ३० रुपैयाँ कायम गरिएको छ, जुन हिजो २ लाख ५९ हजार ६०० रुपैयाँ थियो ।
सुनसँगै आज चाँदीको भाउ पनि घटेको छ । महासंघका अनुसार चाँदी आज तोलामा १ सय २० रुपैयाँले घटेर ५ हजार १३० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया