Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
शनिबार, १० असोज २०८३
समाचार

अन्तर्राष्ट्रिय प्रभावले सुनको मूल्यमा गिरावट


logo

शुक्रबार, ०४ वैशाख २०८३

0 Shares

काठमाडौं । 
आज सुनको भाउ घटेको छ  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार सुनको भाउ तोला ३ हजार रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ८०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला ३ लाख २ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, १० ग्राम सुनको मूल्य आज २ लाख ५७ हजार ३० रुपैयाँ कायम गरिएको छ, जुन हिजो २ लाख ५९ हजार ६०० रुपैयाँ थियो ।

सुनसँगै आज चाँदीको भाउ पनि घटेको छ । महासंघका अनुसार चाँदी आज तोलामा १ सय २० रुपैयाँले घटेर ५ हजार १३० रुपैयाँमा कारोबार भइरहेको छ । 

 

प्रतिक्रिया

सम्बन्धित समाचार