Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
मङ्गलबार, ०८ वैशाख २०८३
समाचार

फुटबल सुपरस्टार मेसीले किने स्पेनिस क्लब


logo

शुक्रबार, ०४ वैशाख २०८३

0 Shares

काठमाडौं । 

अर्जेन्टिनी फुटबल लिजेन्ड लिओनल मेसीले स्पेनको क्याटलान क्लब 'कर्नेला' खरिद गरेका छन्। मेसीले स्पेनिस क्लब बार्सिलोनालाई चार पटक च्याम्पियन्स लिग र १० पटक ला लिगा जिताउन मुख्य भूमिका खेलेका थिए। उनी हाल अमेरिकाको इन्टर मियामी क्लबबाट व्यावसायिक फुटबल खेलिरहेका छन्।

पाँचौँ डिभिजनमा रहेको यो क्लबले एक विज्ञप्ति जारी गर्दै आठ पटकका ब्यालोन डिुओर विजेता मेसीले क्लबको स्वामित्व लिएको पुष्टि गरेको छ। 

मेसी १३ वर्षको कलिलो उमेरमा अर्जेन्टिनाबाट स्पेन आएका थिए र १७ वर्षको उमेरमा बार्सिलोनाको सिनियर टोलीबाट खेल्न सुरु गरेका थिए। उनले बार्सिलोनाका लागि ७७८ खेलमा कीर्तिमानी ६७२ गोल गरेका छन्। उनी अहिले ३८ वर्ष पुगेका छन् । 

मेसीका पुराना प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डोले पनि गत फेब्रुअरीमा स्पेनकै अर्को क्लब 'अल्मेरिया'मा २५ प्रतिशत सेयर किनेका थिए। अहिले मेसी आफैँले एउटा क्लबको पूर्ण स्वामित्व लिएर फुटबल व्यवस्थापनमा हात हालेका छन्। कर्नेला क्लबको रंगशालाको क्षमता मात्र १,५०० दर्शकको भए पनि यो क्लब नाम चलेका खेलाडी उत्पादनका लागि चिनिन्छ। आर्सनलका गोलकिपर डेभिड राया र बार्सिलोनाका पूर्व डिफेन्डर जोर्डी अल्बाले पनि यही क्लबबाट आफ्नो फुटबल करियरको सुरुवात गरेका थिए।

मेसीको आगमनसँगै क्लबले नयाँ अध्याय सुरु हुने विश्वास लिएको छ। क्लबले भनेको छ, ‘लियोनेल मेसीको आगमनले क्लबको खेल र संस्थागत विकासमा ठूलो सहयोग पुग्नेछ। हाम्रो लक्ष्य स्थानीय प्रतिभामा लगानी गर्दै क्लबको जगलाई अझ बलियो बनाउनु हो।’ एजेन्सी 

b

प्रतिक्रिया