Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
आइतबार, ०६ वैशाख २०८३
समाचार

म नेपाल आमा हाँसेको हेर्न चाहन्छु : प्रधानमन्त्री बालेन


logo

शुक्रबार, ०४ वैशाख २०८३

5 Shares

काठमाडौं । 
प्रधानमन्त्री बालेन शाहले मातातीर्थ औँसी अर्थात आमाको मुख हेर्ने दिनको शुभकामना दिर्दै फेसबुकमार्फत 'माता र मातृभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्' भनेका छन्।

प्रधानमन्त्री बालेनले सामाजिक सञ्जाल फेसबुकमार्फत मातातीर्थ औंसीको अवसरमा शुभकामना दिंदै भनेका छन्( माता र मातृभूमि स्वर्गभन्दा पनि महान् हुन्छन् ।

उनले लेखेका छन्- ‘हे जननी १ म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।’ नेपाल आमाको सदैव उज्यालो मुहारको कामना गर्दै प्रधानमन्त्री बालेनले आमालाई सधैं हँसाउन सकौँ भन्ने कामना गरेका छन् ।

‘जीवनको पहिलो गुरु अनि अनन्त ममताकी स्रोत ‘आमाको मुख हेर्ने दिन’ आज सम्पूर्ण आमाहरू र नेपाल आमाको सदैव उज्यालो मुहारको कामना गर्दछु । आमालाई सधैं हँसाउन सकौँ, हामी सन्तानहरूको कर्ममा आमाले सदैव गर्व गर्न सकुन्,’ प्रधानमन्त्री शाहले लेखेका छन् ।

 

प्रतिक्रिया