Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
सोमबार, ०७ वैशाख २०८३
समाचार

गृहमन्त्री सुधन गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग


logo

सोमबार, ०७ वैशाख २०८३

0 Shares

काठमाडौं । 
गृहमन्त्री सुधन गुरुङलाई तत्काल पदबाट बर्खास्त गर्न जेनजी मुभमेन्ट नेपालले सरकारसँग माग गरेको छ ।

चर्चित विवादास्पद व्यापारी दीपक भट्टसँग गृहमन्त्री गुरुङको साझेदारी रहेको विषय सार्वजनिक भएपछि मुभमेन्टले तत्काल पक्राउ गरि बर्खास्त गर्न माग गरेको हो । 

मुभमेन्टमा प्रवक्ता विजय शाहले एक विज्ञप्ति जारी गर्दै गृहमन्त्री गुरुङमाथि लागेका गम्भीर आरोपहरूको निष्पक्ष छानबिनका लागि पदबाट हटाई पक्राउ गरेर अनुसन्धान अघि बढाउनुपर्ने माग गरे ।

उनले जारी गरेको विज्ञप्तिमा मन्त्री पदमा रहँदा अनुसन्धान प्रक्रिया प्रभावित हुन सक्ने र यसले स्वार्थको द्वन्द्व सिर्जना गर्ने स्पष्ट संकेत गर्ने उल्लेख गरिएको छ । साथै, मन्त्रीकै ओहदामा रहेर आफ्नैविरुद्ध छानबिन हुनु आधारभूत नैतिकता तथा कानुनी सिद्धान्तविपरीत हुने जिकिर पनि गरिएको छ ।

प्रतिक्रिया