Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
सोमबार, ०७ वैशाख २०८३
समाचार

विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्दै प्रधानमन्त्री बालेन


logo

सोमबार, ०७ वैशाख २०८३

1 Shares

काठमाडौं । 

प्रधानमन्त्री बालेन शाहले विश्वविद्यालय तथा विभिन्न प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्ने भएका छन् । छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना गरिनेछ ।

प्रधानमन्त्री कुलपति रहने ११ विश्वविद्यालय र सात प्रतिष्ठानका उपकुलपतिहरूलाई छलफलका लागि बोलाइएको प्रधानमन्त्री सचिवालयले जनाएको छ । उक्त बैठकमा विश्वविद्यालय तथा प्रतिष्ठानहरूमा देखिएका समसामयिक समस्या र समाधानका उपायबारे विस्तृत रूपमा विमर्श गरिने भएको छ । 

छलफलमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपतिहरू सहभागी हुनेछन् । त्यसैगरी कृषि तथा वनविज्ञान विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपतिहरूसँग पनि उनले संवाद गर्ने कार्यक्रम रहेको छ ।

यस्तै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग पनि प्रधानमन्त्रीले छलफल गर्ने छन् ।

प्रतिक्रिया