Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
शनिबार, १० असोज २०८३
समाचार

नागढुङ्गा सुरुङमार्ग साउनबाट सञ्चालनमा आउने


logo

मङ्गलबार, २२ वैशाख २०८३

0 Shares

काठमाडौं । 

बहुप्रतीक्षित मुलुककै पहिलो आधुनिक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आगामी आर्थिक वर्ष २०८३र८४ देखि सञ्चालन गर्ने योजना बनेको छ । 

प्रतिनिधि सभा अन्तर्गत पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल नेतृत्वको टोलीले सोमबार सुरुङमार्गको स्थलगत अनुगमन गरेको नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग निर्माण आयोजनाका प्रमुख सौजन्य नेपालले जानकारी गराउनुभएको हो । 

सुरुङमार्ग कहिलेदेखि सञ्चालनमा आउँछ ?

भन्ने समितिका सभापति गजुरेलको जिज्ञासामा आयोजना प्रमुख नेपालले सो जानकारी गराउनुभएको थियो । आयोजना प्रमुख नेपालले जेठ अन्तिमदेखि सुरुङमार्ग परीक्षण ९ट्रायल० सुरु गरिने र साउनको दोस्रो सातादेखि पूर्ण रूपमा व्यावसायिक किसिमले सञ्चालन गरिने जानकारी गराउनुभएको थियो ।

त्यसै गरी सुरुङमार्ग सञ्चालनमा किन ढिलाइ भयो रु भन्ने सभापति गजुरेलको जिज्ञासामा आयोजना प्रमुख नेपालले २०८२ सालको साउन र भदौमा परेको भारी वर्षाका कारण आयोजनाको पश्चिमी पोर्टलमा गएको पहिरोले आयोजना निर्माण र सञ्चालन ढिलो हुन गएको बताउनुभयो । पहिरोले पश्चिमी पोर्टलको टोल बुथ निर्माणमा ठुलो क्षति पुगेको उहाँको भनाइ थियो । 

त्यसै गरी परामर्शदाता प्रमुख रमेश कोइरालाले कानुनी प्रक्रिया, विभिन्न खाले बन्द हडतालले समेत आयोजनाको काम ढिलो हुन पुगेको बताउँदै भन्नुभयो, “सुरुङमार्ग सञ्चालनका लागि ‘गैरपरामर्श सेवा’ को नयाँ डकुमेन्ट तयार पार्नु पर्‍यो । सुरुमा सडक विभाग आफैँले चलाउने भने पनि पछि प्रतिस्पर्धाबाट सेवाप्रदायक छान्ने निर्णय भयो । यो नयाँ मोडालिटी भएकाले मन्त्रीपरिषद्सम्म पुगेर निर्णय गराउन समय लाग्यो ।”

अहिलेसम्म आयोजनाको भौतिक प्रगति ९९ प्रतिशत र वित्तीय प्रगति ९६ प्रतिशत पुगेको जानकारी गराउँदै आयोजना प्रमुख नेपालले आयोजनाको लागत वृद्धि, निर्माणमा भएको ढिलाइ तथा पटक पटक म्याद थप गर्नुको कारण तथा सुरुङमार्ग सञ्चालनका क्रममा गरिएको सुरक्षा प्रबन्धको तयारीबारे समितिका प्रतिनिधिमण्डललाई जानकारी गराउनुभएको थियो । उहाँका अनुसार अब छिट्टै नै निर्माण कम्पनीले सो सुरुङमार्ग नेपाल सरकारलाई हस्तान्तरण गर्ने छ ।

आयोजना प्रमुख नेपालले भन्नुभयो, “उक्त सुरुङमार्ग सञ्चालन गर्न चीनको युसिन–एआरटी कम्पनी ९संयुक्त० लाई पाँच वर्षका लागि ठेक्का सम्झौता भइसकेको र सो कम्पनीले अहिले जनशक्ति व्यवस्थापन तथा तिनीहरूलाई आवश्यक प्रशिक्षण दिइरहेको छ । जनशक्ति व्यवस्थापन र प्रशिक्षणको काम सम्पन्न भएको जानकारी प्राप्त भएसँगै सुरुङमार्ग परीक्षण सुरु गरिने छ । परीक्षणपछि सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा आउने छ ।” सुरुङमार्ग सञ्चालन गर्न १५० जना जनशक्ति आवश्यक देखिएको आयोजनाले जनाएको छ ।आजको गोरखापत्रबाट 

प्रतिक्रिया