Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
शनिबार, १० असोज २०८३
समाचार

अमृत परियारको सगरमाथा आरोहणसँगै बलात्कार र विभेदविरुद्ध अभियान


रमेश बिसुन्के

मङ्गलबार, २२ वैशाख २०८३

14 Shares


अमृत परियार (स्थायी घर) कास्की, तल्लाकोट ठाँटी, पोखरा-१९, हाल अमेरिकामा बसोबास गर्दै आउनुभएको छ। गाउँमा जन्मिएका उहाँको बाल्यकाल गरिबी र अभावमै बित्यो। सानैदेखि मेहनती र निडर स्वभावका उहाँ पढाइमा अब्बल हुनुहुन्थ्यो। एसएलसीमा उत्कृष्ट नतिजा ल्याएर उत्तीर्ण भएपछि उच्च शिक्षाका लागि पोखरा आउनुभयो।

पोखरास्थित पृथ्वी नारायण क्याम्पसमा विज्ञान तथा प्रविधि संकायमा भर्ना हुनुभएपछि अध्ययनकै क्रममा उहाँ कान्तिपुर डेन्टल कलेजमा नाम निकाल्न सफल हुनुभयो। तीनवर्षे डेन्टल डिप्लोमा पूरा गरेपछि नजिकैको क्लिनिकमा जागिर गर्नुभयो । आफ्नै क्लिनिक सञ्चालन गर्ने इच्छा भएपनि लगानीको अभावका कारण त्यो सम्भव हुन सकेन। 

एकातिर पारिवारिक जिम्मेवारी अर्को तिर देशको बढ्दो बेरोजगारी समस्याका कारण उहाँले देश छाड्नु पर्‍यो । देशमा भरपर्दो रोजगार नपाएपछि विदेश पलायन हुन पर्‍यो । र अमेरिका पुग्नु भयो । क्लिनिकको जागिरले परिवार धान्न धौंधौं भएको अझै उहाँ सम्झिनुहुन्छ । 

देश छोड्ने मन नहुदा नहुँदै अमेरिका पुगेपनि उहाँको मन भने नेपालमै छ । देश छाड्ने रहर नएर बाध्यता भएको उहाँले स्मरण गर्नु भयो । 

नेपालका डाँडाकाँडा र हिमाली क्षेत्रसँग उहाँको गहिरो सम्बन्ध छ । अझै भनौ गहिरो मोह छ । हरेकपटक नेपाल आउँदा ट्रेकिङ गर्ने उहाँ यसपटक भने फरक उद्देश्यका साथ  अमेरिकाबाट नेपाल फर्किनु भयो । 

उहाँ नेपाल फर्किनुभएपछि समाजमा भएका विभेदविरुद्ध जनचेतना फैलाउन सोच बनाउनु भयो । नेपालमा अझैपनि यौन हिंसा, बलात्कार तथा बलात्कारपछि हत्या जस्ता जघन्य अपराध भइरहेका घटनालाई नजिकबाट नियालि रहनु भएको थियो । र यस्ता जघन्य घटनामा उहाँ चिन्तित हुनुहुन्थ्यो । 

उहाँको चिन्ता चिन्तामा मात्रै सिमित रहेन र यस्ता अमानवीय घटनाविरुद्ध विश्वकै अग्लो सर्वोच्च शिखर सगरमाथाको चुचुरोबाट आवाज गुञ्जाउने दृढ संकल्प लिनु भयो । अपराधकाविरुद्ध सगरमाथाबाटै अभियान सुरु गर्नुभएको छ ।

एकातिर समय अभाव, अर्कोतिर अपराधविरुद्ध अभियान चलाउने तीव्र इच्छा र हुटहुटी । त्यो पनि सगरमाथाबाटै । उहाँसँग प्रायोजक खोज्ने समय समेत नभएपछि सम्पूर्ण खर्च आफैं व्यहोर्ने निर्णय सँगै सगरमाथा आरोहण गर्ने हिम्मत गर्नुभयो । र सगरमाथाको यात्रा तय गर्नु भयो । अहिलो सगरमाथा चढिरहनु भएको छ । 

यस अभियानअन्तर्गत विभिन्न समयमा बलात्कारपछि हत्या गरिएका पीडितहरूको तस्बिरसहितको ब्यानर बोकेर उहाँ सगरमाथाको चुचुरोमा लम्किरहनु भएको छ । 

प्रत्येक चरणमा सामाजिक सञ्जालमार्फत सरकारलाई दबाब दिने प्रयास पनि जारी छ। उहाँको ब्यानरमा “Safe Daughter”, “Stop Rape”, “To Nepal Government” जस्ता सन्देशहरू समावेश छन्। मुख्य ब्यानरमा इनिसा बिक, सलिना पोखरेल, अंशु गौतम, निर्मला पन्त, भागरथी भट्टराई, रश्मि परियार, अहिरा पाशी र माया बिकलगाउतका तस्बिरहरू सर्वोच्च शिखर सगरमाथाको चुचुरोबाट सार्वजनिक गर्ने योजना छ।
 

pp- Shortcut


उहाँ आफैपनि दलित समुदायबाट प्रतिनिधित्व गर्नुहुन्छ । सानैदेखि सामाजिक तथा जातीय विभेदको अनुभव गर्नुभएको छ। जाजरकोटको घटना देखि हालै सिन्धुलीको खुर्कोटमा भएको घटनासम्म । यस्ता घटनाहरूले उहाँलाई स्तब्ध बनाउछ । बालेन शाह नेतृत्वको सरकारले दलित समुदायसँग माफी मागे पनि व्यवहारमा अपेक्षित परिवर्तन नआएको उहाँको ठम्याइ छ । जसलाई पछिल्ला घटनाहरूले पुष्टि पनि गर्छन्। सरकारको भनाई एउटा गराइ अर्को स्पष्ट देखिनछ । 

यौन हिंसाविरुद्ध मात्र नभई युगौँदेखि भइरहेको जातीय विभेदविरुद्ध सगरमाथाबाट आवाज उठाउने उहाँको मुख्य योजना छ। सगरमाथा आरोहणका ब्यानरमा सशक्त नाराहरू समावेश गरिएका छन्, जुन तस्बिरहरूमा समेत देख्न सकिन्छ।

हाल उहाँ ६ हजार मिटर माथिको उचाइमा पुगिसक्नुभएको जानकारी दिनुभएको छ। विश्वकै अगलो सर्वोच्च शिखर सगरमाथा आरोहणको साहसिक तथा प्रेरणादायी यात्रा सफल रहोस् भन्ने हार्दिक शुभकामना !

प्रतिक्रिया