Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
शनिबार, १० असोज २०८३
समाचार

हामी पुन कम्युनिस्ट एकता गर्ने मुडमा छौं: प्रचण्ड


logo

आइतबार, २७ वैशाख २०८३

0 Shares

काठमाडौं । 

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा अझै पनि कम्युनिस्टहरूको प्रभाव जनतामा उल्लेख्य रहेको जिकिर गरेका छन् । २६औँ निर्मल लामा स्मृति सभामा आयोजित कार्यक्रममा बोल्ने क्रममा उनले फेरि श्रमजीवि वर्ग र कम्युनिस्ट एकतामा केन्द्रित गरेर नयाँ यात्रामा लाग्नुपर्ने बताए ।

उनले नयाँ शिराबाट विचारात्मक, राजनीतिक, सांगठनिक हरेक दृष्टिकोणबाट ल्याउने प्रयास पनि भइरहेको बताए । एकता र विभाजनका धेरै शृङ्खला हुँदै आजको दिनसम्म आएको बताउँदै अहिले एकताको आवश्यकता झनै विशेष रुपले अघि बढेको प्रचण्डको भनाइ थियो । ‘कम्युनिस्ट आन्दोलनको एकताको आवश्यकता छैन भन्ने होइन ।

एकता र विभाजनको थुप्रै शृङ्खला हुँदै आजसम्म आएको छ, सच्चा कम्युनिस्टको बीचमा एकताको आवश्यकता अहिले झन् विशेष रुपले बढेको छ,’ प्रचण्डले भने ।

अहिले देशमा साम्राज्यवादीहरूको हस्तक्षेप बढे र देश अप्ठेरो अवस्थामा आइपुगेको प्रचण्डको भनाइ छ । ‘कम्युनिस्टलाई सखाप पार्ने जुन खेल भएका छन्, त्यो अझै सतहमा आएका छैनन् भन्ने मेरो बुझाइ छ,’ प्रचण्डले भने ।

प्रतिक्रिया