Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
शनिबार, १० असोज २०८३
समाचार

पोखराको फिर्केखोलाका संरचना भत्काउन चल्यो डोजर


logo

आइतबार, १० जेठ २०८३

2 Shares

पोखरा ।

पोखरा महानगरपालिकाले फिर्केखोला अतिक्रमण हटाउन सुरु गरिएको छ । पोखराको फिर्केखोला भित्र बनेका अतिक्रमित संरचना भत्काउन सुरु गरेको हो । 

यो खोलामाथि नै बनेका संरचना आइतबार बिहान १० बजेबाट भत्काउन थालिएको छ । महानगरले गठन गरेको सीमाङ्कन टोलीले २०८० मा तयार पारेको प्रतिवेदनमा खोलाघर मिचेर एक सय ६० अस्थायी र स्थायी संरचना बनेको देखाएको थियो ।

महानगर मेयर धनराज आचार्यले जिरोकिमीमा पुगेर अतिक्रमण हटाउने अभियान सुरुआत गरेका हुन् । महानगरपालिकाले फिर्केखोलाको खोलाघर खाली गर्न ३५ दिने सूचना जारी गरेकोमा शनिबार समयसीमा सकिएको छ । महानगरले पोखरा वडा नम्बर २ र १८ को सिमाना अधेरीकुना, पोखरा ४ र ५ को सिमाना फिर्केपुल बुढानीलकण्ठ मन्दिर र जिरोकिमीस्थित लायन्सको भवनबाट डोजर चलाउन थालेको हो । 

२०८० साल असारमा गरिएको फिर्के खोला नापजाँच प्रतिवेदन अनुसार खोलघरमा निर्माण भएका सबै प्रकृतिका संरचनाहरु हटाइने भएको छ । खोलाघर क्षेत्रमा रहेका सुकमबासीलाई व्यवस्थापन गर्ने र अरुलाई हटाउने महानगरको तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार