Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
शनिबार, १० असोज २०८३
समाचार

नेपाल-भारत साहित्य महोत्सव सुरु : १४० कवि-साहित्यकार एउटै मञ्चमा, साहित्यसँग पर्यटन जोड्ने उद्देश्य


logo

शुक्रबार, १५ जेठ २०८३

35 Shares

काठमाडौं । 

नेपाल र भारतका साहित्यकारहरूलाई एउटै मञ्चमा जोड्ने उद्देश्यसहित आयोजित नेपाल-भारत साहित्य महोत्सवको आज काठमाडौंमा भव्य उद्घाटन गरिएको छ ।

पुर्व प्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको उक्त कार्यक्रम चारु साहित्य प्रतिष्ठान नेपाल र क्रान्तिधरा साहित्य एकेडेमी भारतको संयुक्त आयोजनामा भइरहेको हो ।

तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा नेपालका ७० तथा भारतका ७० जना कवि, साहित्यकार र सर्जकहरूको सहभागिता रहेको आयोजकले जनाएको छ । कार्यक्रममा नेपाल र भारतका सर्जकहरूले कविता, साहित्यिक विमर्श तथा विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्नेछन् ।

आयोजक चारु साहित्य प्रतिष्ठानका अध्यक्ष डा। देवी पन्थीका अनुसार महोत्सवको दोस्रो दिन सहभागी साहित्यकारहरूलाई काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न धार्मिक तथा सांस्कृतिक सम्पदास्थलहरूको भ्रमण गराइनेछ ।

त्यसैगरी, तेस्रो दिन कार्यपत्र प्रस्तुति, साहित्यिक छलफल तथा नेपाल-भारतका सहभागी कवि र साहित्यकार लगायत सहयोगीहरुलाई सम्मान गर्दै कार्यक्रम समापन गरिने जनाइएको छ ।

क्रान्तिधरा साहित्य एकेडेमी भारतका अध्यक्ष विजय पण्डितले नेपाल र भारतबीचको साहित्यिक सम्बन्धलाई अझ सुदृढ बनाउँदै साहित्यलाई पर्यटनसँग जोड्ने उद्देश्यले सन् २०१७ देखि यो महोत्सव निरन्तर आयोजना हुँदै आएको बताए ।

उनका अनुसार यसअघि नेपालका वीरगञ्ज, काठमाडौं, विराटनगर र पोखरासहित भारतका मेरठ, वृन्दावन, वनारस तथा भुटानमा समेत कार्यक्रम आयोजना भइसकेको छ । 

आगामी दिनमा नेपालको लुम्बिनी, भारतको लखनउ तथा थाइल्याण्डमा समेत महोत्सव आयोजना गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ ।

नेपाल-भारत साहित्य महोत्सव सुरु तस्बिरमा हेर्नुहोस् ।

mahatsop (3)

mahatsop (4)

mahatsop (5)

mahatsop (1)

प्रतिक्रिया

सम्बन्धित समाचार