आउँदो दशकको नेपाल स्दलका युवा नेता र जेनजीले गर्दैछन् भविष्यको बहस
शुक्रबार, ०५ असार २०८३
काठमाडौं ।
नेपालको भविष्य, विकासको दिशा, राजनीतिक सुधार, आर्थिक सम्भावना र प्रविधिको प्रभावबारे बहस गर्न विभिन्न राजनीतिक दलका युवा नेता, नीति निर्माता, अर्थविद्, प्रविधिविज्ञ तथा जेनजी पुस्ताका अगुवाहरू शुक्रबार काठमाडौंमा एकै मञ्चमा भेला हुँदैछन्।
नेपाल फ्युचर फोरमद्वारा आयोजित ‘नेपाल फ्युचर फोरम २०२६’ सम्मेलन काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल प्रहरी क्लबको द ब्लु प्याभिलियनमा शुक्रवार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। सम्मेलनमा नेपालको आगामी दशकको राजनीतिक, आर्थिक, प्राविधिक तथा सामाजिक यात्राबारे गहन छलफल हुने आयोजकले जनाएको छ। सम्मेलनको संयोजन युवा नेता अब्दुस मियाले गर्दैछन् ।
कार्यक्रमको उद्घाटनपछि राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा अर्थशास्त्री डा। प्रकाश श्रेष्ठ ले “नेपालको आर्थिक सम्भावना स् सन् २०३५ सम्मको समृद्धिको दृष्टिकोण” विषयमा प्रमुख मन्तव्य दिनेछन्। उनले लगानी, व्यापार, जलविद्युत्, उद्यमशीलता र नवप्रवर्तनमार्फत नेपालको आर्थिक रूपान्तरणका सम्भावनाबारे आफ्नो दृष्टिकोण प्रस्तुत गर्नेछन्।
सम्मेलनको अर्को महत्वपूर्ण सत्र “प्रविधि, कृत्रिम बुद्धिमत्ता र नेपालको डिजिटल भविष्य” रहनेछ। यस सत्रमा कृत्रिम बुद्धिमत्ता, डिजिटल अर्थतन्त्र र प्रविधिमार्फत नेपालले हासिल गर्न सक्ने अवसर तथा चुनौतीमाथि बहस हुनेछ।
दिउँसो हुने “लोकतन्त्र, सुशासन र राजनीतिको भविष्य” विषयक उच्चस्तरीय संवादमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा ९एमाले० र राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा सांसदहरू सहभागी हुँदैछन्। उनीहरूले नेपालको राजनीतिक भविष्य, लोकतान्त्रिक अभ्यास, सुशासन र युवा पुस्ताको भूमिकाबारे धारणा राख्नेछन्।