Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
शनिबार, १० असोज २०८३
समाचार

एरिया ‘सी’ जुनियर जेसीज बहु-च्याप्टर संसदीय बैठक सञ्चालन प्रक्रिया प्रशिक्षण भव्य रूपमा सम्पन्न


logo

बिहिबार, २५ असार २०८३

53 Shares

काठमाडौं, असार २० ।

कपन जुनियर जेसीजको आयोजनामा एरिया ‘सी’ जुनियर जेसीज बहु-च्याप्टर संसदीय बैठक सञ्चालन प्रक्रिया प्रशिक्षण काठमाडौंकाे कपनमा भव्य रूपमा सम्पन्न भएको छ।

30105

कपन जुनियर जेसीजको १०औँ स्थापना दिवसको विशेष अवसरमा आयोजित कार्यक्रमको संयोजक एरिया ‘सी’ संयोजक-२०२६ जुनियर जेसी श्रेया मानन्धरको रहेको थियो भने प्रमुख अतिथि बुढानीलकण्ठ नगरपालिका-१०का वडाध्यक्ष नवराज भट्टराई थिए ।

30042

कार्यक्रममा विशेष अतिथिहरू राष्ट्रिय जुनियर जेसीज संयोजक-२०२६ जुनियर जेसी सान्द्रवा खनाल, एरिया ‘बी’ संयोजक-२०२६ तथा पूर्वअध्यक्ष जुनियर जेसी शोभा केसी, लेखनाथ जुनियर जेसीज, विभिन्न च्याप्टरका अध्यक्ष, पूर्वअध्यक्ष, कार्यसमिति सदस्य, सल्लाहकार तथा जुनियर जेसीज सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। साथै कपन जेसीजका अध्यक्ष-२०२६ जेसी दिपक थापा, अध्यक्ष-२०२४ जेसी ज्ञायत्रा बीसी, अध्यक्ष-२०२३ जेसी विश्ववल्लभ नेपाल, अध्यक्ष-२०२२ जेसी दिपकजंग अधिकारी, अध्यक्ष-२०२० जेसी रुपेश भट्टराई तथा अध्यक्ष-२०१६ जेसी मनोज अधिकारीको योगदानलाई विशेष रूपमा स्मरण गरिएको थियो। 

30055

प्रशिक्षकका रूपमा जेसी राजन पौडेल, जेसीआई नेपाल-२०२६ का राष्ट्रिय प्रशिक्षक आयुक्तले संसदीय बैठक सञ्चालन प्रक्रियासम्बन्धी उत्कृष्ट तथा व्यवहारिक प्रशिक्षण गरेका थिए । उनले संसदीय बैठक सञ्चालनका विधि, प्रस्ताव प्रस्तुत गर्ने तरिका, छलफल, निर्णय प्रक्रिया तथा प्रभावकारी नेतृत्वका विषयमा सहभागीहरूलाई विस्तृत प्रशिक्षण दिए । 

30057

त्यसैगरी, विशेष वक्ताका रूपमा राष्ट्रिय जुनियर जेसीज संयोजक-२०२३ जेसी राशिक शाक्यले आफ्नो जेसीज यात्राका अनुभव, विचार तथा प्रेरणादायी मार्गदर्शन गरिन् । उनले जेसीजमा आफूले तय गरेको यात्रा, सिकाइ, नेतृत्व विकास तथा युवाहरूले संगठनमार्फत प्राप्त गर्न सक्ने अवसरबारे प्रभावकारी मन्तव्य गरेकी थिइन् ।

30046

कार्यक्रमको शुभारम्भ अतिथिहरूको स्वागत, दीप प्रज्वलन तथा कपन जुनियर जेसीजको १०औँ स्थापना दिवसको केक काटेर गरिएको थियो। कार्यक्रमको समापनमा प्रशिक्षक, विशेष वक्ता, प्रमुख अतिथि, विशेष अतिथिहरू तथा अन्य विशिष्ट व्यक्तित्वहरूलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो। साथै, कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि, सहभागी, आयोजक समिति, स्वयंसेवक तथा सहयोगीहरूप्रति कपन जुनियर जेसीजद्वारा धन्यवाद व्यक्त गरिएको थियो ।

30089

आयोजकका अनुसार उक्त कार्यक्रमले एरिया ‘सी’ अन्तर्गतका विभिन्न च्याप्टरका जुनियर जेसीज सदस्यहरूबीच संसदीय प्रक्रिया सम्बन्धी ज्ञान अभिवृद्धि, नेतृत्व विकास, सञ्जाल विस्तार तथा आपसी सहकार्यलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको छ।

तस्बिरमा हेर्नुहाेस् ।

30071

30068

30074

30065

30052

30080

30091

30098

30093

30103

30100

30096

प्रतिक्रिया

सम्बन्धित समाचार