Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
शनिबार, १० असोज २०८३
समाचार

दूधराज तामाङको पक्राउप्रति परिवार र समर्थकको आपत्ति: प्रहरीले भन्यो,`सोधपुछका लागि नियन्त्रणमा लिइएको हौं´


logo

शनिबार, २७ असार २०८३

4 Shares

काठमाडौं।

अपराध अनुसन्धान कार्यालयले शुक्रबार दूधराज तामाङलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार उनीमाथि आवश्यक अनुसन्धान भइरहेको छ।

तामाङ निकट स्रोत तथा समर्थकहरूले भने उनको पक्राउ नियोजित भएको दाबी गरेका छन्। उनीहरूका अनुसार केही बुद्धचित्त व्यवसायीको प्रभावमा उनलाई नियन्त्रणमा लिइएको हो।

विगतमा पनि माङमाथि विभिन्न मुद्दामा लगाएको र अन्याय भएको दाबी गरेका छन्। यी दाबीहरूको स्वतन्त्र पुष्टि भएको छैन। यस विषयमा अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्कासँग बुझ्दा तामाङलाई सामान्य सोधपुछका लागि नियन्त्रणमा लिइएको बताए । त्यसैगरी, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी सुशील सिंह राठौर तथा डीआईजी गोविन्द थपलियाले समेत सोधपुछका लागि नियन्त्रणमा लिइएको बताए ।

तामाङका आफन्त तथा समर्थकहरूले अनुसन्धान निष्पक्ष, पारदर्शी र प्रमाणका आधारमा हुनुपर्ने माग गरेका छन्। उनीहरूले घटनासँग सम्बन्धित सबै व्यक्तिमाथि एकरूपतामा अनुसन्धान हुनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया