Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
शनिबार, १० असोज २०८३
समाचार

सुनसरीका ५ स्थानमा कर्फ्यू


logo

सोमबार, ११ साउन २०८३

0 Shares

सुनसरी । 

सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडपमा गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले पाँच स्थानमा अर्को सूचना नभएसम्म कफ्र्यु आदेश जारी गरेको छ।

घटनामा गोली लागेर आठ जना घाइते भएका छन् भने उनीहरूको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार घटनामा सर्वसाधारण, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित कुल २२ जना घाइते भएका छन्।

घटनापछि देवानगञ्ज गाउँपालिकाले सोमबार र मंगलबार दुई दिन शोक बिदा घोषणा गरेको छ। गाउँपालिकाअन्तर्गतका सबै कार्यालय र शैक्षिक संस्था यी दुई दिन बन्द रहनेछन्।

प्रहरीका अनुसार साउने सोमबारको बोलबम यात्रामा सहभागी एक समूह र अर्को समूहबीच विवाद भएपछि झडप भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार