समाचार
सुनसरी घटनाबारे गृहमन्त्री र सुरक्षा प्रमुखहरूबीच आकस्मिक छलफल
सोमबार, ११ साउन २०८३
1
Shares
काठमाडौं ।
सुनसरीको देवानगञ्जमा सुरक्षाकर्मीले चलाएको गोलीबाट एक जनाको मृत्यु भएपछि गृहमन्त्री सुधन गुरुङले सुरक्षा निकायका प्रमुखहरूसँग आकस्मिक छलफल थालेका छन्।
सिंहदरबारमा जारी छलफलमा गृहमन्त्री गुरुङ, गृहसचिव राजकुमार श्रेष्ठ, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरीका महानिरीक्षक नारायणदत्त पौडेलसहित उच्च अधिकारीहरूको सहभागिता रहेको छ।
देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समूहबीच भएको विवाद नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीय प्रशासनले प्रभावित क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ।
प्रतिक्रिया