Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
शनिबार, १० असोज २०८३
समाचार

सरकारी कर्मचारीको नयाँ तलब लागू, कसले कति पाउँछन् ?


logo

बिहिबार, २१ साउन २०८३

1 Shares

काठमाडौं । 
सरकारले नयाँ आर्थिक वर्षदेखि लागू हुने गरी कर्मचारीहरूको तलब, ग्रेड तथा मासिक प्रोत्साहन भत्ता वृद्धि गरेको छ। अर्थ मन्त्रालयले बुधबार सबै मन्त्रालय, आयोग, सचिवालय तथा सरकारी कार्यालयलाई परिपत्र जारी गर्दै नयाँ तलब तथा सुविधा कार्यान्वयन गर्न निर्देशन दिएको हो।

नयाँ व्यवस्थाअनुसार निजामती सेवाका मुख्यसचिवको कुल तलब ९० हजार ५९४ रुपैयाँ पुगेको छ। मुख्यसचिवको प्रारम्भिक तलबमान ८४ हजार ९३२ रुपैयाँ कायम गरिएको छ भने दुई ग्रेड थप गरिएको छ। नेपाली सेनाका प्रधान सेनापतिको तलब पनि मुख्यसचिवसरह निर्धारण गरिएको छ।

त्यस्तै, विशिष्ट श्रेणीका सचिवको कुल तलब ८४ हजार ५७६ रुपैयाँ कायम गरिएको छ। अवकाशप्राप्त सचिवले मासिक ६६ हजार ५३९ रुपैयाँ पेन्सन पाउनेछन्।

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी), सशस्त्र प्रहरी बलका महानिरीक्षक, स्वास्थ्य सेवाका १२औँ तहका अधिकृत तथा संघीय संसद् सेवाका सचिवको तलब पनि निजामती सेवाका सचिवसरह कायम गरिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार