Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
शनिबार, १० असोज २०८३
समाचार

भारतीय सेनाकाे विमान राहत सामग्री बोकेको काठमाडौंमा अवतरण हुँदै


logo

बुधबार, १० भदौ २०८३

1 Shares

काठमाडौं ।

चीनतर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा जनधनको क्षति भएपछि भारतले राहत तथा उद्धारका लागि सहयोग अघि बढाएको छ।

बाढी प्रभावित क्षेत्रमा आवश्यक पर्ने राहत सामग्री लिएर भारतीय सेनाको विमान काठमाडौं अवतरण हुन लागेको हो। बाढीका कारण विभिन्न स्थानमा सडक तथा भौतिक संरचनामा क्षति पुग्नुका साथै स्थानीयवासी प्रभावित भएका छन्।

प्राकृतिक विपद्का कारण प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले भारतीय पक्षले राहत सामग्री पठाएको जनाइएको छ। विमान काठमाडौं अवतरण गरेपछि आवश्यक प्रक्रिया पूरा गरी राहत सामग्री प्रभावित क्षेत्रतर्फ पठाइने अपेक्षा गरिएको छ।

भोटेकोसी नदीमा आएको बाढीले रसुवासहित आसपासका जिल्लामा समेत असर पारेपछि उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारी निकाय र विभिन्न संघसंस्थाले सक्रियता बढाएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार