Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
शनिबार, १० असोज २०८३
समाचार

रसुवामा राहत नपुगेको भन्दै तत्काल उद्धारका लागि सरकारसँग सहयोग माग


logo

मङ्गलबार, १६ भदौ २०८३

1 Shares

रसुवा। 
भाेटेकाेशीकाे बाढीपहिरोबाट प्रभावित रसुवाको अवस्था अझै दयनीय रहेको भन्दै तत्काल उद्धार तथा राहतका लागि प्रभावकारी पहल गर्न सरकारसँग आग्रह गरिएको छ।

रसुवाका विभिन्न प्रभावित क्षेत्रमा अहिलेसम्म पर्याप्त राहत पुग्न नसकेको भन्दै टिमुरे, बेत्रावती र स्याफ्रुबेसी क्षेत्रमा उद्धार तथा राहतका लागि नेपाल सरकारले तत्काल चीन सरकारसँग सहयोग र समन्वय गर्नुपर्ने माग गरिएको हाे ।

विपद्का कारण कतिपय क्षेत्रमा सडक तथा सञ्चार सम्पर्क प्रभावित भएकाले उद्धार र राहत सामग्री पुर्‍याउन कठिनाइ भइरहेको बताइएको छ। यस्तो अवस्थामा उपलब्ध सबै स्रोत-साधन परिचालन गर्दै प्रभावित नागरिकको उद्धारलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको छ।

संकटको समयमा छिमेकी मुलुकबाट प्राप्त हुन सक्ने मानवीय तथा प्राविधिक सहयोगलाई प्रभावकारी रूपमा उपयोग गर्नुपर्ने भन्दै सहयोगको विषयलाई अविश्वास वा राजनीतिक विवादमा नलैजानसमेत आग्रह गरिएको छ। `आपत् हामीलाई परेको छ, त्यसैले अहिले उद्धार र राहतलाई प्राथमिकता दिनुपर्छ,´ भन्ने धारणा उठेको छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार