Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
शनिबार, १० असोज २०८३
समाचार

माथिल्लो त्रिशूली-१ मा बाढीको कहर: प्रवर्द्धक (NWEDC)माथि चरम लापरवाहीको आरोप, गृहमन्त्रीको चेतावनीपछि खोजी तथा उद्धारमा तदारुकता


logo

आइतबार, २१ भदौ २०८३

1 Shares

काठमाडौँ। 

२१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा भीषण बाढीपछि उत्पन्न संकटमा आयोजनाको प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी (NWEDC)र जिम्मेवार अधिकारीहरूले चरम गैरजिम्मेवारीपन देखाएको आरोप पीडित पक्षले लगाएका छन्।

बाढीपछि बेपत्ता भएका श्रमिकको खोजी तथा उद्धारका लागि याचना गरिरहेका पीडित श्रमिक तथा उनीहरूका शोकाकुल परिवारलाई तत्काल सहयोग गर्नुको सट्टा प्रवर्द्धक कम्पनीले उद्धारका लागि सरकारले हेलिकप्टर उपलब्ध नगराएको तथा आयोजनाको ईपीसी ठेकेदार डुसान इनर्बिलिटी नै मुख्य जिम्मेवार रहेको भन्दै आफू पन्छिन खोजेको पीडित परिवारको गुनासो छ।

विपद्को यस्तो विषम परिस्थितिमा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूको लगानी रहेको आयोजनामा वातावरणीय तथा सामाजिक (NWEDC)पक्षका अधिकारीको भूमिका महत्वपूर्ण हुने भए पनि ल्ध्भ्म्ऋ का भ्७क् निर्देशक प्रकाश अवस्थीले संकटको समयमा गैरजिम्मेवार व्यवहार गरेको आरोप पीडित पक्षले लगाएको छ।

आयोजना व्यवस्थापनले कागजी रूपमा कडा ‘सेफ्टी प्रोटोकल’ तथा सुरक्षा मापदण्ड अपनाइएको दाबी गरे पनि सामाजिक सञ्जालमा सार्वजनिक भएका दृश्य तथा भिडियोहरूले व्यवस्थापनको तयारी र उद्धारसम्बन्धी कार्यशैलीमाथि प्रश्न उठाएको पीडित पक्षको भनाइ छ। बाढीको उच्च जोखिमका बाबजुद श्रमिकहरूको सुरक्षाका लागि पर्याप्त पूर्वतयारी नगरिएको तथा आपत्कालीन उद्धारमा कम्पनीको भूमिका प्रभावकारी नभएको उनीहरूको आरोप छ।

यसैबीच, बाढीमा बेपत्ता भएका तथा मृतकका आफन्तहरूले आफ्ना परिवारका सदस्यको खोजी तथा उद्धार गर्न र ‘सास वा लास’ उपलब्ध गराउन माग गर्दै प्रदर्शन तथा दबाब दिँदा कम्पनीले सहानुभूतिपूर्वक समन्वय गर्नुको सट्टा प्रहरी प्रशासन परिचालन गरी आवाज दबाउने प्रयास गरेको आरोपसमेत पीडित पक्षले लगाएको छ।

ल्ध्भ्म्ऋ मा कार्यरत केही नेपाली कर्मचारीले समेत समस्यामा परेका नेपाली श्रमिकका परिवारप्रति अपमानजनक तथा अमानवीय व्यवहार गरेको गम्भीर आरोप पीडितहरूले लगाएका छन्।

आयोजना व्यवस्थापन र ठेकेदार पक्षबीच जिम्मेवारी पन्छाउने प्रवृत्ति देखिएको आरोपबीच पछिल्लो समय गृहमन्त्री सुदन गुरुङले चासो देखाउँदै कडा कदम चालेको बताइएको छ। स्रोतका अनुसार गृहमन्त्री गुरुङले प्रवर्द्धक कम्पनी ल्ध्भ्म्ऋ तथा मुख्य ठेकेदारहरूलाई तत्काल उद्धार कार्यमा सक्रिय हुन निर्देशन दिँदै बेपत्ताहरूको खोजी तथा उद्धारमा जिम्मेवार नबने कडा कानुनी कारबाही गर्ने चेतावनी दिएका थिए।

गृहमन्त्रीको चेतावनी तथा प्रशासनिक दबाबपछि मात्र आयोजना व्यवस्थापन र ठेकेदार पक्षले बेपत्ताहरूको खोजी तथा उद्धार कार्यमा केही तदारुकता देखाउन थालेको स्रोतको दाबी छ।

तर, पीडित पक्षले भने देखावटी खोजी कार्यले मात्र आफूहरूको माग सम्बोधन नहुने बताएका छन्। उनीहरूले कम्पनीका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत, म्यानेजिङ डाइरेक्टर तथा वातावरणीय तथा सामाजिक निर्देशक प्रकाश अवस्थीसहित जिम्मेवार व्यवस्थापन, ठेकेदार पक्ष र पीडितप्रति अमानवीय व्यवहार गरेको आरोप लागेका कर्मचारीमाथि निष्पक्ष छानबिन गरी कानुनअनुसार कारबाही गर्न माग गरेका छन्।

यस घटनामा आयोजनाको व्यवस्थापन, ठेकेदार पक्ष र सम्बन्धित निकायको भूमिकाबारे थप अनुसन्धान तथा छानबिन आवश्यक रहेको पीडित पक्षको भनाइ छ। घटनापछि कानुनी तथा प्रशासनिक रूपमा कसरी अघि बढ्ने भन्ने विषयमा समेत पीडित परिवारहरूबीच छलफल भइरहेको बताइएको छ।

प्रतिक्रिया