Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
शनिबार, १० असोज २०८३
समाचार

बाढीपीडितका लागि राहत बोकेर आएका विदेशी नागरिक भन्सारमा अलपत्र, समन्वय अभावमा सास्ती


logo

आइतबार, २१ भदौ २०८३

3 Shares

काठमाडौँ।

नेपालमा गएको बाढीपहिरोबाट प्रभावितका लागि राहत सामग्री लिएर आएका केही विदेशी नागरिक करिब एक घण्टादेखि भन्सार क्षेत्रमा अलपत्र परेको बताइएको छ।

राहत सामग्री लिएर नेपाल आएका उनीहरूलाई भन्सार तथा लागूऔषध नियन्त्रणमा खटिएका प्रहरीले पालैपालो सामान जाँच तथा खोलतलास गरिरहेको र यसबाट आफूहरूले अनावश्यक सास्ती खेप्नुपरेको गुनासो गरेको बताइएको छ।

भन्सार र गृह मन्त्रालयबीच समयमै प्रभावकारी समन्वय हुन नसक्दा राहत सामग्री बोकेर आएका सहयोगीहरूलाई लामो समयसम्म रोक्नुपर्ने अवस्था सिर्जना भएको भन्दै सम्बन्धित निकायप्रति प्रश्न उठेको छ।

बाढीपहिरो पीडितका लागि सहयोग लिएर आएका विदेशी नागरिकलाई आवश्यक सुरक्षा तथा कानुनी जाँचको प्रक्रिया गरेर यथाशीघ्र सहज वातावरण उपलब्ध गराउनुपर्ने  देखिएको छ । 

राहत बोकेर आएका सहयोगीहरूलाई नै यसरी लामो समय अलपत्र पार्ने र पटक-पटक सामान खोलतलास गर्ने अवस्था अझै कति समयसम्म देख्नुपर्ने हो? भन्सार, गृह मन्त्रालय तथा सम्बन्धित सुरक्षा निकायबीच तत्काल समन्वय गरी समस्या समाधान गर्न सरोकारवालाले ध्यान दिनु जरुरी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार