Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
शनिबार, १० असोज २०८३
समाचार

अश्मा न्यौपानेलाई एसियाका दुई प्रतिष्ठित उपाधि


logo

मङ्गलबार, ३० भदौ २०८३

1 Shares

काठमाडौं ।

नेपाली सञ्चार तथा सामाजिक क्षेत्रमा सक्रिय अश्मा न्यौपानेले अन्तर्राष्ट्रिय मञ्चमा उल्लेखनीय सफलता हासिल गरेकी छन्। उनले Asia’s Most Empowered Media Personality’ र ‘Woman Influencer of the Year’ र ‘ध्यmबल क्ष्लागिभलअभच या तजभ थ्भबच’ गरी एसियाका दुई प्रतिष्ठित उपाधि प्राप्त गरेकी हुन्।

सञ्चार क्षेत्र, सामाजिक अभियान, महिला सशक्तीकरण तथा समुदायसँग सम्बन्धित विभिन्न गतिविधिमा पुर्‍याएको योगदानको मूल्यांकन गर्दै न्यौपानेलाई उक्त उपाधिबाट सम्मानित गरिएको बताइएको छ।

न्यौपाने यी दुवै उपाधि प्राप्त गर्ने पहिलो नेपाली महिला बनेकी छन्। एसियालीस्तरको अन्तर्राष्ट्रिय मञ्चमा नेपाली महिलाको प्रतिनिधित्व गर्दै उनले हासिल गरेको यो उपलब्धिले नेपालको सञ्चार तथा सामाजिक क्षेत्रमा अन्तर्राष्ट्रिय पहिचान थप विस्तार गर्न योगदान पुर्‍याएको छ।

वर्षौंदेखि सञ्चार क्षेत्रमा सक्रिय रहँदै आएकी न्यौपानेले आफ्नो व्यावसायिक यात्रासँगै सामाजिक सरोकारका विषयमा समेत निरन्तर काम गर्दै आएकी छन्। उनको नेतृत्व क्षमता, सक्रियता, समर्पण र सामाजिक योगदानलाई सम्मानको प्रमुख आधारका रूपमा प्रस्तुत गरिएको छ।

अन्तर्राष्ट्रिय मञ्चबाट प्राप्त यी दुई उपाधिले न्यौपानेको व्यक्तिगत उपलब्धिलाई मात्र स्थापित गरेको छैन, नेपाली महिला तथा नयाँ पुस्ताको क्षमता, नेतृत्व र सम्भावनालाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने अवसरसमेत सिर्जना गरेको छ।

एसियाका दुई प्रतिष्ठित उपाधि प्राप्त गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्न सफल न्यौपानेको यो उपलब्धिलाई उनको सञ्चार तथा सामाजिक यात्राको महत्वपूर्ण कोसेढुंगाका रूपमा लिइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार