Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
शनिबार, १० असोज २०८३
समाचार

विद्युत् महसुलमा भ्याट हटाउने सरकारको तयारी


logo

सोमबार, ०५ असोज २०८३

0 Shares

काठमाडौं । 
सरकारले विद्युत् महसुलमा चालु आर्थिक वर्षदेखि लगाउँदै आएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउने तयारी गरेको छ। 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच भएको छलफलमा विद्युत्मा लगाइएको भ्याट हटाउने विषयमा सैद्धान्तिक सहमति भएको ऊर्जा मन्त्रालय स्रोतले जनाएको छ।

सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विद्युत् सेवामा भ्याटको व्यवस्था गरेको थियो। उक्त व्यवस्थाअनुसार मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने घरायसी ग्राहकलाई ५ प्रतिशत तथा औद्योगिक र अन्य गैरघरायसी ग्राहकलाई १३ प्रतिशत भ्याट लाग्दै आएको छ।

ऊर्जा मन्त्रालयका अनुसार अब भ्याट हटाउने प्रस्ताव अर्थमन्त्रीले आगामी मन्त्रिपरिषद् बैठकमा पेस गर्ने तयारी छ। 

प्रतिक्रिया

सम्बन्धित समाचार