Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
शनिबार, १० असोज २०८३
समाचार

भोटेकोशी बाढीमा सम्पर्कविहीनको तथ्यांक यकिन गर्न ७५ जिल्लाका अधिकारीसँग छलफल


logo

सोमबार, ०५ असोज २०८३

0 Shares

काठमाडौं । 
रसुवा-भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिहरूको तथ्यांक यकिन गर्न ७५ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा समितिका सदस्य तथा जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रका कर्मचारीसँग भर्चुअल छलफल गरिएको छ।

प्राधिकरणका सहसचिव बलराम निरौलाको अध्यक्षतामा भएको छलफलमा बाढीपछि सम्पर्कविहीन रहेका व्यक्तिहरूको वास्तविक संख्या तथा विवरण यकिन गर्ने विषयमा गहन छलफल भएको हो।

छलफलका क्रममा सम्पर्कविहीन व्यक्तिहरूको नाम सम्बन्धित व्यक्तिको गृहजिल्लाका साथै बाढी प्रभावित रसुवा र नुवाकोट जिल्लामा समेत आफन्तले टिपाएको पाइएको जनाइएको छ। यसरी विभिन्न जिल्लामा एउटै व्यक्तिको नाम टिपाउँदा तथ्यांकमा दोहोरोपन देखिएको भन्दै त्यसलाई रुजु गरेर वास्तविक विवरण पहिचान गर्ने विषयमा छलफल भएको हो।

छलफलमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले आफ्नो जिल्लाबाट प्राप्त सम्पर्कविहीन व्यक्तिको विवरण यकिन गरी दोहोरिएका नाम रुजु गर्ने र त्यसको विवरण ‘सेतु एप’ मा प्रविष्ट गर्ने सहमति भएको छ।

सम्बन्धित जिल्लाबाट विवरण रुजु भएपछि मात्र बाढीमा सम्पर्कविहीन व्यक्तिहरूको वास्तविक तथ्यांक यकिन हुने बताइएको छ। यसका लागि जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रबीच समन्वय गरी विवरण अद्यावधिक गर्ने सहमति भएको हो।

प्रतिक्रिया