Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
शनिबार, १० असोज २०८३
समाचार

नेपालमा उद्योगको नाममा लुट, मायादेवी किचन एप्लायन्सको दर्ता एउटा, धन्दा अर्कै


logo

बुधबार, ०७ असोज २०८३

128 Shares

काठमाडौं ।

मायादेवी किचन एम्लायन्स प्रालिले उद्योगकाे नाममा ठगी गरेको खुलासा भएको छ । उद्योग सञ्चालनका लागि भन्दै कच्चापदार्थकाे नाममा भन्सार छुट गरिएको तयारी सामान (Profession Kitchen Appliance and Equipment) उद्योगमा कम्पनीले खुद्रामा बिक्री गरिएको खुलासा भएको हाे । साे कार्य उद्योगकाे दर्ता क्षेत्र भन्दा बाहिर रहेको देखिन्छ ।

उद्योग प्रयोजनका लागि छुट सुविधा लिएकाे भनिएका किचन एप्लायन्स तथा अन्य सामग्री बजारमा खुद्रा मूल्यमा बिक्री भइरहेको स्रोतका अनुसार कम्पनीको कार्यालय पुग्दा सामान धमाधम बिक्री भइरहेको भेटियो ।

चाीनबाट उद्योगका लागि किचेनका पार्टपुर्जा भनेर कम्पनीले लिएको भन्सार छुटको वैधानिकता र त्यसको प्रयोगमाथि गम्भीर प्रश्न उठेको छ।

50364

उद्योगका लागि आवश्यक कच्चा पदार्थ वा सामग्री भनेर कम्पनीले ल्याएकाे थियो तर ती सामानको वास्तविक प्रयोजन नभई उतैबाट तयारीका सामान ल्याएर जस्ताको तस्तै तयारी (Profession Kitchen Appliance and Equipment) नेपालमा बेचबिखन गरिएको मायादेवी किचन एप्लायन्स प्रालिका कम्पनी म्यानेजर बताउने फुर्वुले स्वीकार्दै गल्ती भयाे अब सुधार्ने प्रतिबद्धता जनाए । 

फुर्वा भन्ने कम्पनी म्यानेजरले कम्पनीको भ्याटबिल प्रयोग गरेर सामान बेचेको र उद्योग अहिले संचालनका लागि तयारी गरिरहेकाे बताउँदै खाली उद्योग देखाए ।

50402मायादेवी किचन एप्लायन्स प्रालिले किचनका तयारी सामान बेचिरहेकाे मार्केटमा सामान किन्ने ग्राहक बनेर हामीले बुझ्दा सामान चीनबाटै तयारी बनाएर ल्याएको त्यहाँका कर्मचारीले बताए ।

50374कम्पनी दर्ता प्रमाणपत्रमा उद्योग भनेर दर्ता गरिएको छ तर संचालन चाहिँ चीनमै तयारी सामानकाे व्यापार भइरहेको छ । उद्योगकाे कागजात हेर्दा भन्सारबाट कच्चापदार्थ सामान ल्याउने भनिएको छ तर उतैबाट पूर्णरूपमा तयारी सामान ल्याइएको देखिन्छ । यसका संचालक चीनिया नागरिक हुन् । उनले तिब्बती नागरिक राखेर उद्योगकाे नाममा ठगी गरिरहेकाे देखिन्छ।

50360
उद्योगकाे नाममा कच्चापदार्थ लिएर बेच्ने भन्दै पूर्णरूपमा तयारी सामान लिएर बेच्ने मायादेवी कम्पनीमा टिओबी ग्रुपकाे संलग्नता देखिन्छ । मायादेवी किचन एप्लायन्स प्रालिमा काम गर्ने आफू तिब्बती नागरिक भएको स्वीकार्दै कम्पनी म्यानेजर भन्ने फुर्वुले भने `म नेपाली हैन, म तिब्बती शरणार्थी हुँ मैले नेपाली केटी बिहे गरेको छु´,।

उनलाई हामीले तपाईंसँग मायादेवी किचन एप्लायन्स प्रालिमा कार्यरतकाे कुनै कागजात छ भनेर साेद्धा उनले केही नभएको आफू रीफ्रुजि भएको बताए । उनी अझै अगाडि भन्छन् म भारतमा जन्मिएर भारतमै अध्यन गरेर नेपाल आएको हुँ। म इभि बाइक सप्लायर्स आफै खोल्दैछु यसका लागि आफूलाई भारतीय दुताबासले पूर्ण सहयोग गरेको छ भनी बताए।

कम्पनीले आयात गरेका सामानको सम्पूर्ण विवरण स्टकमा देखाएउन सकेनन् । बिक्री गरिएको सामानकाे बिल समेत देखाउन मानेनन् । खरिद–बिक्री गरिएको बिलबिजक अडिटकाेमा पठाएकाे बताए । मायादेवी किचन एम्पालन्स कम्पनीकाे सबै जिम्मा लिएका कम्पनी म्यानेजर फुर्वु भन्नेले यस कम्पनीमा आफू आएपछि ४० वटा (Profession Kitchen Appliance and Equipment) आधुनिक तयारी किचन बेचिएको बताए । 

उद्योगकाे नाममा कच्चापदार्थ लिएर बेच्ने भन्दै पूर्णरूपमा चीनमै तयारी गरेर ल्याएका सामान बेच्ने मायादेवी कम्पनीले राजस्व छली गरेको स्पष्ट देखिन्छ । स्राेतका अनुसार चीनिया संचालकले चीनकाे कालाे धनलाई सेताे बनाउन नेपालमा उद्योग खाेलिएकाे दाबी छ ।

50400कम्पनीले भन्सार मूल्य र बजार बिक्री मूल्यबीचको अन्तर मात्रै होइन, छुट सुविधा नलिएको अवस्थामा तिर्नुपर्ने राजस्व र वास्तविक रूपमा तिरिएको राजस्वबीच कुनै फरक छ कि छैन भन्ने विषयसमेत सम्बन्धित निकायले परीक्षण गर्नुपर्ने देखिन्छ।

कम्पनीले उद्योग खाेल्ने भनिएको फ्याक्ट्री पुरै खाली छ । त्यहाँ कुनैपनि सामान उत्पादन भइरहेको छैन? उद्योगकाे नाममा आयात गरिएको सामानको एक हिस्सा पनि उद्योगमा प्रयोग
नभएको देखिन्छ । उद्योगकाे नाममा नेपाल सरकारलाई ठगी रहेको विदेशी लगानीलाई गम्भीरतापूर्वक विदेशी लगानीकर्ता र संचालकलाई अनुसन्धानकाे दायरामा ल्याउनुपर्ने देखिन्छ । 

50402


भन्सार विभाग, त्रिपुरेश्वरले कम्पनीको आयात, भन्सार छुट, स्टक, बिक्री र राजस्व विवरणबीचको लेखाजोखा खाेजी गर्नुपर्ने देखिन्छ । विशेषगरी उद्योगका लागि भन्दै छुटमा आएको सामान वास्तवमै उद्योगमा प्रयोग भयो कि भएन भन्ने विषय स्थलगत निरीक्षण र कागजात परीक्षणबाट पुष्टि गर्न सकिन्छ। तर याे समाचार तयार गर्दा समेत उद्योगका लागि छुटमा आएको सामान बनाउन सामग्री नल्याई तयारी सामान ल्याएर राज्यलाई ठगेको स्पष्ट छ । साे कुरा स्थलगत रिपोर्टिङकाे भिडियो फुटेजबाट स्पष्ट हुन्छ यसको प्रमाणका लागि हामीसँग भिडियो सुरक्षित छ ।

50396उद्योगका नाममा लिइएको भन्सार छुटको दुरुपयोग गरी सामान बिक्री गरिएको पुष्टि भएमा राजस्वमा असर परेको छ कि छैन र कानुनी दायित्व के हुन्छ भन्ने विषय सम्बन्धित निकायबाट गहन अनुसन्धान गर्नुपर्ने जरुरी देखिन्छ। उद्योगकाे नाममा आयात गरिएको विवरण, भन्सार कागजात, उद्योगको प्रमाणपत्र, स्टक विवरण, बिक्री बिलबिजक, कम्पनीको अडिट रिपोर्ट परीक्षणमा सम्बन्धित पक्षले खोजी गराेस् ।

भन्सार विभाग त्रिपुरेश्वरले यो उद्योगमाथि भ्याट छलीमा एक्सन लिने भएको छ, भने उद्योगको नाम भजाएर रेडिमेड सामान बेचिरहेको यो कम्पनीको थप गोप्य प्रमाणहरु अर्को खोज स्टोरीमा खुलासा गर्नेछौं ।

प्रतिक्रिया

सम्बन्धित समाचार