Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
शनिबार, १० असोज २०८३
समाचार

अदालतबाट धरौटीमा रिहा भएलगत्तै परिसरबाटै पुनः सुरेश महर्जन पक्राउ


logo

शुक्रबार, ०९ असोज २०८३

20 Shares

काठमाडौं।
जापानको ओसाकामा आयोजना हुने अन्तर्राष्ट्रिय व्यापार मेला 'वर्ल्ड एक्स्पो २०२५' मा निर्माण गरिने 'नेपालीज प्याभिलियन' (Nepalese Pavilion) को सञ्चालन तथा व्यवस्थापन विवादका क्रममा ठगी आरोपमा पक्राउ परेका सुरेश महर्जन धरौटीमा छुटेका छन्।

हिमालय होटलका चार्टर्ड एकाउन्टेन्ट (सीए) समेत रहेका महर्जनलाई ललितपुर जिल्ला अदालतका न्यायाधीश रूद्रप्रसाद सुवेदीको इजलासले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।
​
परियोजना सञ्चालन र वित्तीय अधिकार पाए तापनि निर्माण, व्यवस्थापन तथा लेनदेनको क्रममा विवाद उत्पन्न भएपछि एसजी प्रोजेक्टका प्रतिनिधि कर्पु शेर्पाले प्रहरीमा जाहेरी दिएका थिए।
​शेर्पाले विध म्यानेजमेन्टका तर्फबाट आबद्ध सुरेश महर्जन, जनक खनाल, नविन तुलाधर र विरेन्द्र बज्राचार्यविरुद्ध करिब २२ करोड रुपैयाँ ठगी गरेको आरोप लगाउँदै जाहेरी दर्ता गराएका हुन्।

पीडित पक्षको दाबीअनुसार सुरुदेखि नै ठग्ने नियतका साथ योजनाबद्ध रूपमा सम्झौता उल्लंघन गरिएको छ। 

जाहेरीका आधारमा ललितपुर जिल्ला प्रहरी परिसरले महर्जनलाई ललितपुरस्थित हिमालय होटलबाटै नियन्त्रणमा लिएको थियो।

अदालतबाट छुटे लगत्तै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धानका लागि पक्राउ गरेको छ ।

प्रतिक्रिया