Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
सोमबार, १२ असोज २०८३
समाचार

पूर्वप्रधानन्यायाधीश जवरा निवासबाटै पक्राउ


logo

आइतबार, ११ असोज २०८३

0 Shares

 काठमाडौं । 

प्रधानमन्त्री बालेन शाह अमेरिका भ्रमणबाट स्वदेश फर्किएकै दिन पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ परेका छन् । 

जबरालाई शनिबार मध्यरातमा महाराजगन्जस्थित आफ्नै निवासबाट काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
​
जबराविरुद्ध गम्भीर प्रकृतिका उजुरीहरू परेको बुझिए पनि प्रहरी पक्राउबारे पुष्टि गरेको छैन । 
​विवादित पृष्ठभूमि र महाअभियोग
​
२०७५ पुस १८ गते सर्वोच्च अदालतको प्रधानन्यायाधीशको कार्यभार सम्हालेका जबराको कार्यकाल विवादरहित रहन सकेन। २०७८ फागुन १ गते प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता भएपछि उनी निलम्बनमा परेका थिए। 

महाअभियोगपछि सर्वोच्च फर्किने उनका प्रयास असफल भएका थिए भने रोकिएका उनका सेवा–सुविधासम्बन्धी विषय केही दिनअघि मात्रै सर्वोच्च अदालतबाट टुंगो लागेको थियो। आफ्नो कार्यकालमा सार्वजनिक जग्गा व्यक्ति विशेषका नाममा दर्ता गराउने लगायतका थुप्रै विषयमा फैसला गरेपछि उनी तीव्र आलोचनाको केन्द्रमा रहँदै आएका थिए।
​
​प्रधानन्यायाधीश पदमा रहँदा जबरा राजनीतिक विवादमा समेत मुछिएका थिए। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार विस्थापित गरी शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतको संवैधानिक इजलासले परमादेश जारी गरेको थियो।
​
उक्त परमादेशको बदलामा तत्कालीन देउवा सरकारबाट उनले राजनीतिक ुभागबण्डाु लिएको आरोप लागेको थियो। सोही क्रममा उनका नातेदार गजेन्द्र हमाललाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त गरिएको थियो भने संवैधानिक निकायहरूमा समेत जबराले आफ्ना निकटस्थहरूलाई सिफारिस गराउन सफल भएका थिए।
​

प्रतिक्रिया

सम्बन्धित समाचार