प्रदेश
मुख्यमन्त्री सरोज कुमार यादवले आज विश्वासको मत लिँदै
बुधबार, १७ मंसिर २०८२
जनकपुर ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले बुधबार विश्वासको मत लिँदै छन् । मुख्यमन्त्री यादवले आज दिउँसो मधेश प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन् ।
उनले सर्वोच्च अदालतले २४ घण्टाभीत्र विश्वासको मत लिन भने पनि आफूले पत्र ढिलो प्राप्त गरेको र पत्र प्राप्त हुने वित्तिकै विश्वासको मत लिनुभन्दा पहिला प्रदेश सभामा जानकारी गराउनुपर्ने, पत्र दर्ता गर्नुपर्नेलगायतका कागजी प्रक्रिया भएकाका कारण केही ढिलो हुन गएको बताए ।
उनले पत्र प्राप्त भएको समयदेखि २४ घण्टा भित्र विश्वासको मत लिनुपर्ने बताए । सोही अनुसार उनले आज विश्वासको मत लिने छन् ।
प्रतिक्रिया