Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
बिहिबार, ०३ वैशाख २०८३
शिक्षा

परीक्षा केन्द्रको नाममा असुली धन्दा


logo

मङ्गलबार, २२ पुस २०८२

7 Shares

काठमाडौं।

शिक्षा विकास तथा समन्वय इकाई काठमाडौंका प्रमुख समन्तमणि आचार्य माध्यमिक शिक्षा परीक्षा (SEE) केन्द्र निर्धारणसम्बन्धी विषयमा विवादमा तानिएका छन्। यही पुस २० गते आफ्नै कार्यालयबाट परीक्षा केन्द्रसम्बन्धी पत्र जारी गरेपछि उनी विवादमा परेको जानकारहरू बताउँछन्।

परीक्षा केन्द्र निर्धारणको विषयमा व्यापक गुनासो आएपछि विद्यार्थीको तर्फबाट ज्ञापनपत्र बुझाउन अखिल (क्रान्तिकारी) का नेताहरू इकाई कार्यालय पुगेका थिए। ज्ञापनपत्र बुझ्ने क्रममा केन्द्रका लागि भन्दै खुला विद्यालयहरूबाट प्रति विद्यालय १० हजार रुपैयाँ उठाइएको भन्ने विषय उठेपछि विवाद चर्किएको हो।

ज्ञापनपत्र बुझ्ने क्रममा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख आचार्यले उठाइएको भनिएको रकम फिर्ता जर्ने जनाइएको अखिल क्रान्तिकारीका उपत्यका विशेष प्रदेशका नेता जनक ढुङगानाले वताए ।

प्रतिक्रिया