Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
शनिबार, २३ फागुन २०८२
शिक्षा

सेती देवी मावि-शिवशक्ति प्राविमा न्यानो कपडा वितरण


logo

सोमबार, २१ पुस २०८२


काभ्रे । 
श्री सेती देवी माध्यमिक विद्यालय तथा श्री शिवशक्ति प्राथमिक विद्यालय, तेमाल-भरज्याङ आमा समूह काभ्रेमा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ। नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य इन्द्र भुषालको नेतृत्वमा कपडा वितरण गरिएको हो ।

भुषाल काठमाडौं-४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका छन्। आगामी फागुन २१ गते हुने निर्वाचनका लागि चुनावी प्रचार-प्रसारमा रहेका भुषाल सामाजिक सेवामा काभ्रे जिल्लाको तेमाल गाउँपालिका-८ पुगेर कपडा वितरण गरेका हुन्। कपडा वितरण कार्यक्रमको प्रमुख अतिथि रहेका भुषालले विशेष सम्बोधन गर्दै सामाजिक उत्तरदायित्व र शिक्षा क्षेत्रमा सहयोगको महत्वबारे धारणा राख्नु भएको थियो। 

आगामी फागुन २१ मा हुने निर्वाचनको चुनावी प्रचार-प्रसारलाई केही समयका लागि रोकेर सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै न्यानो कपडा वितरण कार्यक्रममा सहभागी भएका भुषाललाई सहभागीहरूले धन्यवाद दिए । 

कार्यक्रममा युवा नेता दुधराज तामाङ, स्वतन्त्र विद्यार्थी युनियन बानेश्वर बहुमुखी क्याम्पसका अध्यक्ष भुमिराज अधिकारी, युवा नेता तथा समाजसेवी तिर्थ तामाङ, पत्रकार राज त्रिपाठी लगायत अतिथिहरूको उपस्थिति रहेको थियो।

नेपाली कम्युनिष्ट पार्टीका युवा नेता दुधराज तामाङ र तिर्थ तामाङ लगायतको पहलमा काभ्रे जिल्ला तेमाल गाउँपालिका-८ मा रहेको श्री सेती देवी माध्यमिक विद्यालयका १२४ जना विद्यार्थीहरू तथा शिक्षक-शिक्षिकाहरूलाई ज्याकेट, स्वीटर, ट्राउजर लगायतका न्यानो कपडा वितरण गरिएको हो। साथै श्री शिवशक्ति प्राथमिक विद्यालय, तेमाल–भरज्याङ, आमा समूहलाई समेत न्यानो कपडा वितरण गरिएको थियो।

दुई विद्यालय, एक आमा समुहलाई लक्षित गरी करिब ४ सय ९० थान न्यानो कपडा वितरण गरिएको आयोजकले जनाएको छ। जाडो मौसममा विद्यार्थी तथा शिक्षकहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइएको छ। 

कार्यक्रममा युवा नेता दुधराज तामाङ, स्वतन्त्र विद्यार्थी युनियन बानेश्वर बहुमुखी क्याम्पसका अध्यक्ष भुमिराज अधिकारी, युवा नेता तीर्थ तामाङ लगायतले सम्बोधन गर्दै यस्ता सामाजिक कार्यहरूले शिक्षा र समाजमा सकारात्मक प्रभाव पार्ने बताएका थिए।

कार्यक्रममा स्थानीय समाजसेवी, बुद्धिजीवी, शिक्षक-शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले यस्ता सामाजिक तथा शैक्षिक सहयोग कार्यक्रमले शिक्षा क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्। न्यानो कपडा वितरण कार्यक्रमबाट विद्यार्थीहरू लाभान्वित भएका छन्,भने आयोजक संस्थाप्रति विद्यालय परिवारले धन्यवाद व्यक्त गरेको छ।

प्रतिक्रिया